राष्ट्रिय सभाकाे बैठक।
राष्ट्रिय सभामा प्रतिलिपि अधिकार विधेयक स्वीकृत  <p>काठमाडौं।&nbsp;राष्ट्रियसभाको आजको बैठकले &lsquo;प्रतिलिपि अधिकार (पहिलो संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस्&rsquo; भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।</p> <p>बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेशकुमार भट्टराई उक्त प्रस्ताव प्रस्तुत गरेका थिए।</p> <p>बैठकमा सो विधेयकमाथिको छलफलमा सांसदले उठाएका जिज्ञासाका जवाफमा संस्कृतिमन्त्री भट्टराईले कला, साहित्य र सिर्जना तथा स्रष्टाको अधिकार संरक्षण गर्ने ध्येयका साथ सरकारले तत्कालीन &lsquo;प्रतिलिपि अधिकार ऐन&rsquo;माथि संशोधन गर्न विधेयक ल्याएको स्पष्ट पारे।</p> <p>उनले भने, &ldquo;नाम चलेका वा नचलेका स्रष्टा सबैलाई यो संशोधनले समेट्ने प्रयास गरेको छ । विज्ञान र प्रविधिले ल्याएको परिवर्तनलाई समेत ऐनमा समेट्ने प्रयास गरिएको छ ।&rdquo; <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्