काठमाडौं। रुकुम पश्चिम घटनाको अनुसन्धानका लागि गठन भएको संसदीय विशेष समितिले प्रारम्भिक छलफल शुरू गरेको छ।
विशेष समितिले आज सभामुख अग्निप्रसाद सापकोटालाई औपचारिक रूपमा भेटगरी छलफल शुरू गरेको हो।
समितिका संयोजक देवेन्द्र पौडेलले अनौपचारिक रूपमा यसअघि नै कुरा भएको र आजदेखि औपचारिक छलफल शुरू भएको बताए।
उनले संविधान संशोधनका लागि मतदान गरेलगत्तै घटनाको अध्ययन अनुसन्धानका लागि रुकुमको चौरजहारी जाने बताए।
“कार्यविधि बनाउनेदेखि लिएर सबै निकै गम्भीरतापूर्वक सम्मानित सदनले दिएको जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छौं। यो नेपालको खासगरी अनुसूची फेरेर संविधान संशोधन गर्ने र नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई नेपालभित्र ल्याउने ऐतिहासिक दिन भएको हुँदाखेरी त्यो दिनमा भोट हालेर हामी लगत्तै जिम्मोवारी पूरा गर्नको निम्ति हामी जानेछौँ।”
प्रतिनिधि सभाले रुकुम पश्चिममा ६ जना युवाको ज्यान जानेगरी भएको घटनाको छानबिनका लागि २६ जेठमा संसदीय विशेष समिति गठन गरेको थियो।
समितिको संयोजकमा नेकपाका सांसद देवेन्द्र पौडेल छन् भने सदस्यमा सांसदहरू एकवाल मियाँ, दुर्गा पौडेल, पार्वती कुमारी विशुन्के, प्रकाश रसाईली, बिमला बिक, महेश्वरजंग गहतराज, मिनबहादुर विश्वकर्मा र रामसहायप्रसाद यादव रहेका छन्।
संसदीय विशेष समितिले रुकुमको चौरजहारीमा भएको घटनाको अनुसन्धान कार्य प्रारम्भ भएको मितिले तीस दिनभित्रमा सम्पन्न गर्नुपर्ने छ।
" /> काठमाडौं। रुकुम पश्चिम घटनाको अनुसन्धानका लागि गठन भएको संसदीय विशेष समितिले प्रारम्भिक छलफल शुरू गरेको छ।विशेष समितिले आज सभामुख अग्निप्रसाद सापकोटालाई औपचारिक रूपमा भेटगरी छलफल शुरू गरेको हो।

">