रंगोली परम्पराको इतिहास
रंगोलीसँग रामायणकालीन इतिहास जोडिएको संस्कृतिविद्हरू बताउँछन्।
संस्कृतिविद् तेजेश्वरबाबु ग्वंग भन्छन् “१४ वर्षको वनबासपछि राम अयोध्या फर्किने थाहा पाएका अयोध्यावासीले उनको स्वागतमा रंगोली बनाएको इतिहास पाइन्छ।”
रुख बिरुवाका सुकेका पात पतिंगर, रुखको बोक्रा आदीका रंगबाट ती दिनमा रंगोली बनाइने प्रचलन रहेको रंगोलीसँग जोडिएका इतिहासमा पढ्न पाइन्छ। यस्तै सिन्दूर, बेसारको धुलो जस्ता प्राकृतिक रंग रंगोलीको आकृति बनाउँदा प्रयोग गरिने रंग हुन्।
भारतमा प्रान्तअनुसार रंगोलीका नाम फरक छन्। पश्चिम बंगालमा अल्पनाको नामले परिचित रंगोली तमिल नाडुमा कोलम नामले चिनिन्छ। छत्तिसगढमा चक्रपुराना भनिने रंगोलीलाई राजस्थानमा मन्डना भनिन्छ।
नेपालको नेवारी समुदायले बनाउने मण्डल र राजस्थानको मन्डना सुन्दा एकै किसिमको सुनिए पनि दुईबीच भिन्नता रहेको तेजेश्वरबाबु ग्वंग बताउँछन्।
गोलो आकृतिभित्र विभिन्न रंगको प्रयोग गरेर मण्डल बनाइन्छ भने रंगोली बनाउँदा गोलाकृति नै बनाउनुपर्छ भन्ने हुँदैन। भारतीय प्रान्तअनुसार यसको आकृति फरक भएको पाइन्छ।
नेवारको मण्डल
गोलो घेराभित्र बेसार, सिन्दूर, आदि प्रयोग गर्दै नेवार समुदायले मण्डल निर्माण गर्छन्।
पानी, तेलको प्रयोग गर्दै पृथ्वीको सम्मानमा बनाइने यस्तो मण्डल पछिल्लो समय हराउँदै गएको गुनासो छ, तेजेश्वरबाबु ग्वंगको।
मण्डल र रंगोलीमा केही समानता र केही फरक रहेको बताउँछन् उनी। भन्छन्, “मण्डललाई पछिल्लो समय रंगोलीले प्रतिस्थापन नै गरेको छ।”
हिन्दू धर्म मान्ने मानिसले वायु, अग्नि, भूमि, पानी र आकाश पृथ्वीका यी पाँच तत्त्वको पूजा गर्छन्। पञ्च महा–भूतत्वका नामले परिचित यसको महत्त्व बुझेर नै हिन्दू धर्मावलम्बीले यसको पूजा गर्ने गरेका हुन्।
सस्कृतिविद् ग्वंग भन्छन् प्रकृतिका “यी पाँच तत्त्वको सहयोगले नै मानिसको विकास र समृद्धि हुन सक्छ र नेवारी समुदायको मण्डलमा यिनै वस्तुलाई प्रतिनिधित्व गर्ने चलन छ।”
अन्य देशमा पनि प्रचलित
सन् १९९६ मा नयाँ दिल्लीबाट भारतीय प्रतीकहरूका विषयमा पुस्तक प्रकाशन गरेका गोविन्दचन्द्र रायका अनुसार हिन्दू धर्म र भारतीय उपमहाद्वीप बाहिर पनि रंगोलीजस्ता प्रतीक बनाउने चलन रहेको पाइन्छ।
पुस्तकमा राय भन्छन्, “भूमिमा आकृति बनाउने चलन प्राचीन सस्कृतिसँग जोडिएको विषय हो।”
जडीबुटीसम्बन्धी काम गर्ने अमेरिकीहरूले भूमिमा एक प्रकारको आकृति बनाएर बिरामीलाई उपचार गर्ने गरेको रायले आफ्नो पुस्तकमा वर्णन गरेका छन्। भूमिमा बनाएका ती आकृति भारत वर्षमा प्रचलित रहेको रंगोली नै थियो अथवा थिएन केही नबताए पनि रायले प्राचीन समयमा अमेरिकामा पनि भूमिमा रंगोली जस्ता आकृतिको निर्माण हुने उल्लेख गरेका छन्।
यस्तै अस्ट्रेलियाका मानिसले पनि आफ्नो सपनामा देखेको कथालाई भूमिमा आकृति बनाएर राख्ने चलन रहेको राय बताउँछन्। प्राकृतिक रंगको प्रयोग गरेर बनाइने यस्ता आकृतिलाई परिवारका ठूलाबडाको प्रत्यक्ष संरक्षणमा निर्माण गरिन्थ्यो।
तिब्बतीयन संस्कृतिमा विद्यावारिधी गरेकी चीन सिचुवान विश्वविद्यालयकी प्राध्यापक लि ताव प्राचीन तिब्बतमा रंगोली÷मण्डल संस्कृति रहेको बताउँछिन्।
देखापढीसँग कुरा गर्दै तावले हिन्दू धर्ममा यो कुन प्रयोजनका लागि प्रयोग हुन्छ थाहा नभए पनि तिब्बतमा यो तान्त्रिक विधिका रूपमा प्रयोग हुने उनको अनुभव छ।
भारतीय प्रतीकहरू पुस्तकमा गोविन्द राय भन्छन्, “प्राचीन समयमा रंगोली बनाउने चलन अन्य देशमा पनि थियो तर, वर्तमान समयमा यो भारतमा बढी मात्रामा प्रख्यात छ।”
मिथिला संस्कृतिको अरिपन
रंगोलीको चर्चा हुनासाथ नेपालको तराईसँग यसको सम्बन्ध खोज्न थालिन्छ। यद्यपि, रंगोली तराई क्षेत्रमा पनि हालैका वर्षमात्रै भित्रिएको बताउँछन्, धीरेन्द्र प्रेमर्षी।
“रंगोलीसँग तराईको नाम जोडिए पनि यो तराईको परम्परागत संस्कृति होइन,” देखापढीसँग कुरा गर्दै प्रेमर्षी भन्छन्, “भारतीय सिनेमा र टेलिभिजनको प्रभाव तराई हुँदै पहाडी क्षेत्रमा पनि पर्दै जाँदा यो नेपालमा भित्रिएको हो।”
नेपालमा रंगोलीले महत्त्व पाउँदै गर्दा नेवार समुदायको मण्डल र मिथिला संस्कृतिको अरिपनको महत्त्व कम हुँदै गएको छ।
रंगोली जस्तै भूमिमा विभिन्न अवसरमा फरक–फरक प्रकारको आकृति बनाउने मिथिला संस्कृतिको मौलिकता भएको मिथिला संस्कृतिका जानकार प्रेमर्षी बताउँछन्।
विभिन्न पूजा अनुष्ठानका अवसरमा होस् अथवा चाडपर्वमा मिथिला संस्कृतिमा अरिपनको ज्यादै ठूलो महत्त्व रहे पनि पछिल्लो समय रंगोलीले यसलाई विस्थापन गरेको प्रेमर्षीको गुनासो छ।
पहाडी समुदायले गाईको गोबरले लिपेर भूमि पूजा गर्ने चलनलाई रंगोलीले प्रतिस्थापन गरेको उनी बताउँछन्।
" />रंगोली परम्पराको इतिहास

">