१४ औँ महाधिवेशन तोकिएकै मितिमा अघि बढाइनेमा कांग्रेस नेताहरूको जोड
काठमाडौं। नेपाली कांग्रेसका नेताहरूले तोकिएकै मितिमा महाधिवेशन गर्ने गरी प्रकिया अघि बढाउनुपर्नेमा जोड दिएका छन्।
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कोभिड-१९ परीक्षणको लागि पीसीआर परीक्षणको दायरा बढाउन नसकेको भन्दै  सरकारको आलोचना गरेका छन्।
पार्टी महामन्त्री डा. शशाङ्क कोइरालाले कोरोनाको महामारीका बीच सहज वातावरण बनाउँदै पार्टीको १४औँ महाधिवेशनका प्रक्रिया अघि बढाइने जानकारी दिए।
नेता कृष्णप्रसाद सिटौलाले महामारीबाट बच्दै आगामी ७ फागुनमा नै पार्टीको १४ औँ महाधिवेशन गर्ने गरी तयारी गर्नुपर्नेमा जोड दिए।
नेता अर्जुननरसिंह केसीले कोरोना नियन्त्रणमा सरकारले प्रमुख प्रतिपक्षी दललाई सँगै लिएर हिँड्न नसक्दा बताए।
पार्टी केन्द्रीय सदस्य एवं सांसद गगनकुमार थापाले कोरोना विरुद्धको लडाईंलाई व्यापक बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दबाब दिनुपर्ने बताए।
कार्यक्रममा कांग्रेस चितवन सभापति जीतनारायण श्रेष्ठ, सिन्धुली सभापति उज्ज्वल बराल, सिन्धुपाल्चोक सभापति विकास लामा, गाउँपालिका महासङ्घका महासचिव वंशलाल तामाङ, नेपाल विद्यार्थी सङ्घका महामन्त्रीद्वय युवराज पाण्डे, बलदेव तिमल्सिना, नेपाल दलित सङ्घका केन्द्रीय सदस्य मञ्जीत ताम्राकारलगायतले पार्टी महाधिवेशनका काम अघि बढाइनुपर्ने तथा पार्टीले सामाजिक न्यायका लागि आवाज उठाउनुपर्नेमा जोड दिए। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्