काठमाडौं। मेक्सिकोको ‘क्वीन्टाना रु’ राज्यले जुन महीनाको मध्यबाट पर्यटकलाई स्वागत गर्न सकिने आशा गरेको छ। राज्यका गर्भनर कार्लोस जोअक्विन गोन्जालेजले मे महीनाको अन्त्यतिर यस्तो आशा व्यक्त गरेका थिए।
त्यसो त मेक्सिकोमा कोभिड-१९ को जोखिम कम भइसकेको छैन। तथापी ‘क्वीन्टाना रु’ले पर्यटक केन्द्रित व्यवसाय र सेवा प्रदायकहरूलाई मद्दत गर्न ‘क्लीन एन्ड सेफ चेक सर्टिफिकेशन’ कार्यक्रम शुरू गरेको छ। त्यहाँ एक नयाँ अभियान नै चलेको छ।
पर्यटकलाई आकर्षित गर्न ‘ह्यासट्याग भेनअलकरिबेमेक्सिकनोएक्सटु’ र ‘ह्यासट्याग कमटुमेक्सिकन’ अभियान सञ्चालन भएको छ। यो अभियान मेक्सिकोको क्यानकुनदेखि कोजुमेलसम्म पर्यटकीय गन्तव्यको रूपमा प्रचार गर्नको लागि यो शुरू गरिएको हो।
ग्रीसका प्रधानमन्त्री किरियाकोस मिट्सोटाकिसले हवाई उडानमा दिइएको छुटले पर्यटकलाई आकर्षित गरिने विश्वास गरेका छन्। भनेका छन्, “हामीले जसरी स्वास्थ्य संकटलाई जित्यौँ, त्यसरी नै अर्थतन्त्रलाई पनि जित्नेछौँ।”
अभियानमा समावेश भएका होटलले विभिन्न सुविधा दिनेछन्। होटलहरूले दुई रात वा सो भन्दा बढी दिनको लागि आएका पर्यटकलाई बसाई सेवा निःशुल्क गर्नेछन्।
अभिभावकसँग आएका दुई बच्चालाई निःशुल्क खाने बस्ने व्यवस्था गरिनेछ। त्यस्तै दुई दिनको लागि ग्राहकले निःशुल्क कार भाडामा पाउनेछन्। स्पा र गल्फ कोर्सहरूमा २० प्रतिशतको छुट पाइनेछ।
‘द युकाटन टाइम्स’का अनुसार ७५ प्रतिशत व्यवसायीले यसमा समर्थन जनाइसकेका छन्। ‘द डेली मिरर’का अनुसार दुई सयभन्दा बढी फर्महरूले यस अभियानमा भाग लिनको लागि हस्ताक्षर गरिसकेका छन्।
इटलीमा हवाई उडानमा आधा छुट
कोभिड-१९ को मूख्य केन्द्र बनेको इटलीको पर्यटन व्यवसाय धरासायी भएको छ। त्यसकारण दक्षिणी इटलियन राज्य सिसिलीले पर्यटकलाई हवाई उडानमा आधा छुट दिने घोषणा गरेको छ।
त्यस्तै होटलमा बस्दा भएको जम्मा खर्चको एक तिहाईमात्रै तिरे पुग्ने सुविधा दिइएको छ। ‘द टाइम्सका अनुसार सिसिली’ले त्यहाँका थुप्रै संग्रहालय र पुरातात्विक क्षेत्रहरूमा प्रवेशको लागि निःशुल्क टिकटहरूको वितरण गर्ने व्यवस्था गरेको छ।
पोर्चुगलमा निःशुल्क कोरोना भाइरस संक्रमण परीक्षण
एट्लान्टिक महासागरको मोरोक्को तटमा अवस्थित मादिराको पोर्चुगाली टापुहरू जुलाई १ देखि अन्तराष्ट्रिय पर्यटकहरूको लागि पुनः खुल्ला हुँदैछ। यी टापुमा पुग्ने पर्यटकले ७२ घण्टा अगाडि नै कोरोना संक्रमणको परीक्षण गराउनुपर्नेछ।
कोरोना संक्रमण नभएको पुष्टि भएकाले मात्र घुम्न पाउनेछन्। कोरोना संक्रमण परीक्षण निःशुल्क हुनेछ।
साइप्रसमा कोभिड उपचारको सम्पूर्ण खर्च सरकारले गर्ने
साइप्रसमा घुम्न आउने पर्यटकमा कोरोना भाइरस संक्रमण भएमा उसको उसको खाने, बस्ने देखि सबै उपचार खर्च सरकारले नै व्यहोर्ने घोषणा गरेको छ।
यूरोपको संकटग्रस्त पर्यटन उद्योगलाई पुनर्जीवित गर्न पूर्वी भूमध्यसागरीय द्वीपका अधिकारीहरूले यो योजना बनाएको बताएका छन्। यहाँ भ्रमण गर्न आउने पर्यटकको पूर्ण सुरक्षाको प्रत्याभूति दिइनेछ।
आइसल्याण्डमा निःशुल्क कोभिड १९ को परीक्षण
आइसल्याण्डले १५ जुनदेखि पर्यटकहरूको लागि सीमा खुल्ला गर्दैछ। यहाँ भ्रमणका लागि आउने पर्यटकहरू एयरपोर्टमा पुग्नासाथ कोरोना संक्रमण परीक्षण हुनेछ। संक्रमण नभएको पुष्टि भएकाले घुम्न पाउनेछन्।
संक्रमण पुष्टि भएकाहरू १४ दिन आइसोलेसनमा बस्नुपर्नेछ। ‘इन्साइडर’का अनुसार नयाँ सीमा खोल्ने प्रक्रिया अन्तिम चरणमा छ।
ग्रीसमा सस्ता उडान
पर्यटकलाई यात्राका लागि प्रोत्साहन गर्न ग्रीसले हवाई उडानमा लागेको कर घटाएको छ। त्यसो त ग्रीसमा कोरोना भाइरस संक्रमण तुलनात्मक रूपमा कम नै छ। कोभिड-१९ को रोकथामको लागि ग्रीसले गरेको कामको व्यापक प्रशंसा गरिएको छ।

एथेन्स र थेसलोनिकीमा पनि १५ जुनदेखि अन्तराष्ट्रिय उडान शुरू गर्ने तयारी गरिएको छ।
‘इन्साइडर’ मा प्रकाशित सामग्रीको आधारमा
" /> काठमाडौं। मेक्सिकोको ‘क्वीन्टाना रु’ राज्यले जुन महीनाको मध्यबाट पर्यटकलाई स्वागत गर्न सकिने आशा गरेको छ। राज्यका गर्भनर कार्लोस जोअक्विन गोन्जालेजले मे महीनाको अन्त्यतिर यस्तो आशा व्यक्त गरेका थिए।त्यसो त मेक्सिकोमा कोभिड-१९ को जोखिम कम भइसकेको छैन। तथापी ‘क्वीन्टाना रु’ले पर्यटक केन्द्रित व्यवसाय र सेवा प्रदायकहरूलाई मद्दत गर्न ‘क्लीन एन्ड सेफ चेक सर्टिफिकेशन’ कार्यक्रम शुरू गरेको छ। त्यहाँ एक नयाँ अभियान नै चलेको छ।
पर्यटकलाई आकर्षित गर्न ‘ह्यासट्याग भेनअलकरिबेमेक्सिकनोएक्सटु’ र ‘ह्यासट्याग कमटुमेक्सिकन’ अभियान सञ्चालन भएको छ। यो अभियान मेक्सिकोको क्यानकुनदेखि कोजुमेलसम्म पर्यटकीय गन्तव्यको रूपमा प्रचार गर्नको लागि यो शुरू गरिएको हो।
ग्रीसका प्रधानमन्त्री किरियाकोस मिट्सोटाकिसले हवाई उडानमा दिइएको छुटले पर्यटकलाई आकर्षित गरिने विश्वास गरेका छन्। भनेका छन्, “हामीले जसरी स्वास्थ्य संकटलाई जित्यौँ, त्यसरी नै अर्थतन्त्रलाई पनि जित्नेछौँ।”
अभियानमा समावेश भएका होटलले विभिन्न सुविधा दिनेछन्। होटलहरूले दुई रात वा सो भन्दा बढी दिनको लागि आएका पर्यटकलाई बसाई सेवा निःशुल्क गर्नेछन्।
अभिभावकसँग आएका दुई बच्चालाई निःशुल्क खाने बस्ने व्यवस्था गरिनेछ। त्यस्तै दुई दिनको लागि ग्राहकले निःशुल्क कार भाडामा पाउनेछन्। स्पा र गल्फ कोर्सहरूमा २० प्रतिशतको छुट पाइनेछ।
‘द युकाटन टाइम्स’का अनुसार ७५ प्रतिशत व्यवसायीले यसमा समर्थन जनाइसकेका छन्। ‘द डेली मिरर’का अनुसार दुई सयभन्दा बढी फर्महरूले यस अभियानमा भाग लिनको लागि हस्ताक्षर गरिसकेका छन्।
इटलीमा हवाई उडानमा आधा छुट
कोभिड-१९ को मूख्य केन्द्र बनेको इटलीको पर्यटन व्यवसाय धरासायी भएको छ। त्यसकारण दक्षिणी इटलियन राज्य सिसिलीले पर्यटकलाई हवाई उडानमा आधा छुट दिने घोषणा गरेको छ।
त्यस्तै होटलमा बस्दा भएको जम्मा खर्चको एक तिहाईमात्रै तिरे पुग्ने सुविधा दिइएको छ। ‘द टाइम्सका अनुसार सिसिली’ले त्यहाँका थुप्रै संग्रहालय र पुरातात्विक क्षेत्रहरूमा प्रवेशको लागि निःशुल्क टिकटहरूको वितरण गर्ने व्यवस्था गरेको छ।
पोर्चुगलमा निःशुल्क कोरोना भाइरस संक्रमण परीक्षण
एट्लान्टिक महासागरको मोरोक्को तटमा अवस्थित मादिराको पोर्चुगाली टापुहरू जुलाई १ देखि अन्तराष्ट्रिय पर्यटकहरूको लागि पुनः खुल्ला हुँदैछ। यी टापुमा पुग्ने पर्यटकले ७२ घण्टा अगाडि नै कोरोना संक्रमणको परीक्षण गराउनुपर्नेछ।
कोरोना संक्रमण नभएको पुष्टि भएकाले मात्र घुम्न पाउनेछन्। कोरोना संक्रमण परीक्षण निःशुल्क हुनेछ।
साइप्रसमा कोभिड उपचारको सम्पूर्ण खर्च सरकारले गर्ने
साइप्रसमा घुम्न आउने पर्यटकमा कोरोना भाइरस संक्रमण भएमा उसको उसको खाने, बस्ने देखि सबै उपचार खर्च सरकारले नै व्यहोर्ने घोषणा गरेको छ।
यूरोपको संकटग्रस्त पर्यटन उद्योगलाई पुनर्जीवित गर्न पूर्वी भूमध्यसागरीय द्वीपका अधिकारीहरूले यो योजना बनाएको बताएका छन्। यहाँ भ्रमण गर्न आउने पर्यटकको पूर्ण सुरक्षाको प्रत्याभूति दिइनेछ।
आइसल्याण्डमा निःशुल्क कोभिड १९ को परीक्षण
आइसल्याण्डले १५ जुनदेखि पर्यटकहरूको लागि सीमा खुल्ला गर्दैछ। यहाँ भ्रमणका लागि आउने पर्यटकहरू एयरपोर्टमा पुग्नासाथ कोरोना संक्रमण परीक्षण हुनेछ। संक्रमण नभएको पुष्टि भएकाले घुम्न पाउनेछन्।
संक्रमण पुष्टि भएकाहरू १४ दिन आइसोलेसनमा बस्नुपर्नेछ। ‘इन्साइडर’का अनुसार नयाँ सीमा खोल्ने प्रक्रिया अन्तिम चरणमा छ।
ग्रीसमा सस्ता उडान
पर्यटकलाई यात्राका लागि प्रोत्साहन गर्न ग्रीसले हवाई उडानमा लागेको कर घटाएको छ। त्यसो त ग्रीसमा कोरोना भाइरस संक्रमण तुलनात्मक रूपमा कम नै छ। कोभिड-१९ को रोकथामको लागि ग्रीसले गरेको कामको व्यापक प्रशंसा गरिएको छ।
ग्रीसका प्रधानमन्त्री किरियाकोस मिट्सोटाकिसले हवाई उडानमा दिइएको छुटले पर्यटकलाई आकर्षित गरिने विश्वास गरेका छन्। भनेका छन्, “हामीले जसरी स्वास्थ्य संकटलाई जित्यौँ, त्यसरी नै अर्थतन्त्रलाई पनि जित्नेछौँ।”
एथेन्स र थेसलोनिकीमा पनि १५ जुनदेखि अन्तराष्ट्रिय उडान शुरू गर्ने तयारी गरिएको छ।
‘इन्साइडर’ मा प्रकाशित सामग्रीको आधारमा
">- हवाई उडानमा सहुलियत
- निःशुल्क कोरोना भाइरस संक्रमण परीक्षण
- कोभिड बिरामीलाई खाने, बस्ने र उपचार खर्च सरकारले गर्ने
">