इराकमा सरकार विरोधी प्रदर्शन, मृत्यु हुनेको संख्या ७४ पुग्याे
बग्दाद। इराकमा भइरहेको सरकार विरोधी पछिल्लो आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ७४ पुगेको छ।

अधिकारीहरुले दिएको जानकारी अनुसार प्रदर्शनका क्रममा भएको झडपमा परी अरु ३६ सय भन्दा बढी घाइते भएका छन्।

आन्दोलनकारीहरुले बेरोजगारी, भ्रष्टाचार, सार्वजनिक सेवाको बेथितिलगायतका विरुद्धमा केही दिनदेखि प्रदर्शन गरिरहेका छन्।

मानव अधिकारका लागि इराकी स्वतन्त्र उच्च आयोग (आइएचसीएचआर)का सदस्य अली अल बायतीले यही अक्टोबर २५ देखि २७ सम्म सुरक्षाकर्मी र प्रदर्शनकारीका बीचमा भएको झडपका क्रममा उनीहरुको मृत्यु भएको जानकारी दिए।

मृत्यु भएकामध्ये अधिकांशको मृत्यु गोली लागेर भएको हो।

प्रदर्शनकारीले सुरक्षाकर्मीहरुको केन्द्रीय कार्यालयमै आक्रमणको प्रयास गरेका थिए।

अल बायातीले प्रदर्शनकारी र सुरक्षाकर्मी गरी कुल तीन हजार ६५४ जना घाइते भएको जानकारी दिए। घाइतेहरूलाई भने अश्रुग्यासको असर धेरै देखिएको छ। उनीहरूको  स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ।

तीनदिने प्रदर्शनको अवधिमा ९० ओटा भवन जलेका छन् भने अरु पनि धेरै घरहरूमा क्षति पुगेको अधिकारीहरूले जनाएका छन्।

सुरक्षाकर्मीहरूले प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्यास, साउण्ड बम, लठ्ठी आदि प्रयोग गरेका थिए।

प्रदर्शनकारीले केन्द्रीय राजधानी बग्दादसहित अन्य मुख्य सहरहरूमा पनि प्रदर्शन गरेका थिए।

सरकारविरुद्ध नाराबाजी गर्दै आन्दोलनकारीले बिहानैदेखि प्रदर्शन गरेका थिए। उनीहरूले लगातार निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो।

धि क्वार, बार्सा, मायसान, डिवानीया, मुथान्न, कार्बाला, वासित र नाजाफलगायतका ठाउँमा प्रदर्शन भएको अधिकारीहरूले जनाएका छन्।

उनीहरूले अहिलेको अवस्थामा परिवर्तन हुनुपर्ने, भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने, रोजगारी सृजना गर्नुपर्ने लगायतका माग गरेका छन्। (रासस-सिन्ह्वा)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्