‘हेलो सरकार’सँग एक हजार बढी जनगुनासो

काठमाडौं। सरकारले सर्वसाधारणको गुनासो सुन्न सञ्चालनमा ल्याएको गुनासो व्यवस्थापन प्रणाली ‘हेलो सरकार’मा एक हजार भन्दा बढी जनगुनासोको चाङ लागेको छ।

‘हेलो सरकार’की शाखा अधिकृत हरिकला आचार्यले विभिन्न सामाजिक सञ्जालमार्फत् चालू आर्थिक वर्षको हालसम्म जम्मा १ हजार ८७ वटा गुनासो आएको जानकारी दिइन्। त्यसमध्ये १५६ वटा जनगुनासो मात्रै सम्बोधन गरिएको छ। ३२८ वटा गुनासो भने अध्ययनको प्रक्रियामा रहेका छन्। ती गुनासोहरु सम्बन्धित निकायमा पठाइएको शाखा अधिकृत आचार्यले बताइन्।

‘हेलो सरकार’मा धेरैजसो यातायात क्षेत्रको बेथितिबारे गुनासो आउने गरेको छ। त्यसैगरी विकास, निर्माण र सार्वजनिक सेवा प्रवाहमा देखिएका समस्याबारे पनि गुनासो आउने गरेको उनले बताइन्। उनका अुसार सार्वजनिक सेवा प्रवाहमा जनताले हैरानी व्यहोर्नु परेको गुनासो पनि धेरै आउने गरेका छन्।

सरकारले जनताको गुनासो तत्काल सम्बोधन हुने गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहने गरी गुनासो सम्बोधन गर्न ‘हेलो सरकार’ गुनासो व्यवस्थापन प्रणाली संचालनमा ल्याएको हो । यस प्रणालीले जनताको गुनासोलाई अभिलेखिकरण गरी सम्बन्धित निकायमा समस्या समाधानका लागि ‘फरवार्ड’ गरिदिने काम गर्दछ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्