काठमाडौं। प्रतिनिधि सभामा सरकारले दर्ता गराएको संविधान संशोधन विधेयक भोलि, ३१ जेठमा पारित हुने भएको छ।

संघीय संसद्का महासचिव डा. भरतराज गौतमले आज जारी गरेको भोलिको सम्भावित कार्यसूचीमा संविधान संशोधन प्रस्ताव पारित गर्ने कार्यक्रम समावेश गरिएको छ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधि सभाको भोलिको बैठकमा उक्त संविधान संशोधन प्रस्तावमाथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव गर्नेछिन्।

त्यसमा छलफल भएपछि फेरि मन्त्री तुम्बाहाङ्फेले नै पारित गरियोस् भन्ने अर्को प्रस्ताव भोलि नै प्रतिनिधि सभाको बैठकमा राख्नेछिन्।

संविधान संशोधन विधेयकमा सांसदहरूले संशोधन प्रस्ताव दर्ता गराउने समय आज राति ८ बजे सकिँदैछ।

प्रतिनिधि सभाको बैठक भोलि दिउँसो १ बजेका लागि डाकिएको छ।

सरकारले ७ जेठमा नेपालको राजनीतिक नक्शा जारी गरेको थियो। जसमा पश्चिममा भारतले अतिक्रमण गरेको लिम्पियाधुरासम्मको भूभाग समेटिएको छ।

नेपालको संविधानको अनुसूची ३ मा निशान छापसम्बन्धी व्यवस्था छ। उक्त छापमा रहेको नेपालको नक्शालाई अद्यावधिक गर्न संविधान संशोधन गर्न लागिएको हो।

" /> काठमाडौं। प्रतिनिधि सभामा सरकारले दर्ता गराएको संविधान संशोधन विधेयक भोलि, ३१ जेठमा पारित हुने भएको छ।

संघीय संसद्का महासचिव डा. भरतराज गौतमले आज जारी गरेको भोलिको सम्भावित कार्यसूचीमा संविधान संशोधन प्रस्ताव पारित गर्ने कार्यक्रम समावेश गरिएको छ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधि सभाको भोलिको बैठकमा उक्त संविधान संशोधन प्रस्तावमाथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव गर्नेछिन्।

त्यसमा छलफल भएपछि फेरि मन्त्री तुम्बाहाङ्फेले नै पारित गरियोस् भन्ने अर्को प्रस्ताव भोलि नै प्रतिनिधि सभाको बैठकमा राख्नेछिन्।

संविधान संशोधन विधेयकमा सांसदहरूले संशोधन प्रस्ताव दर्ता गराउने समय आज राति ८ बजे सकिँदैछ।

प्रतिनिधि सभाको बैठक भोलि दिउँसो १ बजेका लागि डाकिएको छ।

सरकारले ७ जेठमा नेपालको राजनीतिक नक्शा जारी गरेको थियो। जसमा पश्चिममा भारतले अतिक्रमण गरेको लिम्पियाधुरासम्मको भूभाग समेटिएको छ।

नेपालको संविधानको अनुसूची ३ मा निशान छापसम्बन्धी व्यवस्था छ। उक्त छापमा रहेको नेपालको नक्शालाई अद्यावधिक गर्न संविधान संशोधन गर्न लागिएको हो।

"> नक्शा अद्यावधिक गरिएको संविधान संशोधन विधेयक भोलि पारित हुने: Dekhapadhi भारतद्वारा अतिक्रमित भूभागसमेत समेटेर सरकारले जारी गरेको नेपालको राजनीतिक नक्शा निशान छापमा अद्यावधिक  गरिएको संविधान संशोधन विधेयक भोलि पारित हुने भएको छ।

फाइल तस्वीर।
नक्शा अद्यावधिक गरिएको संविधान संशोधन विधेयक भोलि पारित हुने
काठमाडौं। प्रतिनिधि सभामा सरकारले दर्ता गराएको संविधान संशोधन विधेयक भोलि, ३१ जेठमा पारित हुने भएको छ।

संघीय संसद्का महासचिव डा. भरतराज गौतमले आज जारी गरेको भोलिको सम्भावित कार्यसूचीमा संविधान संशोधन प्रस्ताव पारित गर्ने कार्यक्रम समावेश गरिएको छ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधि सभाको भोलिको बैठकमा उक्त संविधान संशोधन प्रस्तावमाथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव गर्नेछिन्।

त्यसमा छलफल भएपछि फेरि मन्त्री तुम्बाहाङ्फेले नै पारित गरियोस् भन्ने अर्को प्रस्ताव भोलि नै प्रतिनिधि सभाको बैठकमा राख्नेछिन्।

संविधान संशोधन विधेयकमा सांसदहरूले संशोधन प्रस्ताव दर्ता गराउने समय आज राति ८ बजे सकिँदैछ।

प्रतिनिधि सभाको बैठक भोलि दिउँसो १ बजेका लागि डाकिएको छ।

सरकारले ७ जेठमा नेपालको राजनीतिक नक्शा जारी गरेको थियो। जसमा पश्चिममा भारतले अतिक्रमण गरेको लिम्पियाधुरासम्मको भूभाग समेटिएको छ।

नेपालको संविधानको अनुसूची ३ मा निशान छापसम्बन्धी व्यवस्था छ। उक्त छापमा रहेको नेपालको नक्शालाई अद्यावधिक गर्न संविधान संशोधन गर्न लागिएको हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्