कोरोना बीमाको दाबी भुक्तानी शुरू

काठमाडौं। सरकारले बजेटमा नै व्यवस्था गरेको कोरोना बीमा कार्यक्रमअनुसार कोरोना सङ्क्रमितलाई दाबी भुक्तानी गरिएको छ।

कोरोनाको कहर शुरू भएपछि सरकारले पहिलोपटक कोरोना बीमा कार्यक्रम ल्याएको थियो।

उक्त कार्यक्रमलाई सरकारले आगामी आर्थिक वर्षको बजेटमा समेत विशेष महत्वका साथ समावेश गरेको छ।

बीमा क्षेत्रको नियामक निकाय बीमा समितिका अनुसार कोरोना बीमाको पहिलो दाबी आज भुक्तानी गरिएको छ।

कोरोना बीमा गराएका कृषि विकास बैंकका एक कर्मचारीमा कोरोनाको सङ्क्रमण पुष्टि भएपछि उनलाई आज बीमाबापतको एक लाख रकम भुक्तानी गरिएको छ।

नेको इन्स्योरेन्सले आज कृषि विकास बैंकको खातामा सो दाबी रकम भुक्तानी गरेको जनाएको छ।

नियामक निकाय बीमा समितिले एक हजारमा एक लाख बराबरको बीमा गर्न सकिने प्रबन्ध गरेको छ। बीमा गरेका जो कोहीलाई पनि निश्चित समयभित्र पीसीआर परीक्षणमा पोजिटिभ देखिएको अवस्थामा बीमा दाबी भुक्तानी गर्न सकिने छ।

बीमा गरेका विभिन्न कम्पनीमा थप चार वटा दाबी आएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्