काठमाडौं। विभिन्न माग राखेर भइरहेको प्रदर्शनप्रति कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) निर्देशक समितिले ध्यानाकर्षण भएको जनाएको छ।
आज एक वक्तव्य जारी गर्दै समितिले कोरोना संक्रमण जोखिमको अवस्थाप्रति गम्भीर र संवेदनशील हुन सबैलाई आग्रह गरेको छ।
सीसीएमसी निर्देशक समिति संयोजक उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले जारी गरेको वक्तव्यमा सामाजिक दूरीलाई कायम राख्नु र संक्रमणको जोखिमलाई नियन्त्रण गर्न सहयोग गर्नु सबैको दायित्व भएको उल्लेख छ।
वक्तव्यमा भनिएको छ, ‘आफ्ना मागहरू राखी शान्तिपूर्णरूपमा उपस्थित हुन पाउनु लोकतान्त्रिक अधिकारको विषय भए पनि सम्बद्ध सबैलाई अहिलेको अवस्था सामान्य नरहेको र हामी कोरोना संक्रमणको उच्च जोखिममा रहेको अवस्था प्रति गम्भीर र संवेदनशील हुन विशेष आग्रह गर्न चाहान्छौं।’
यस्तै लकडाउन क्रमशः खुकुलो बनाउँदै जनजीवनलाई सहज अवस्थामा फर्काउने निर्णय भइसकेकाले सबैलाई सजग रहन आह्वानसमेत गरिएको छ।
वक्तव्यका अनुसार सरकारले पीसीआर परीक्षणको दायरा थप बढाउने निर्णय गरिसकेको छ। महामारीविरुद्धको योजनालाई थप प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको समितिले जनाएको छ।
समितिले खर्चको फाँटवारी छिटै सार्वजनिक हुने जनाएको छ। ‘कोरोनाको रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारको तर्फबाट विभिन्न शीर्षकमा निकासा भएको छ। प्रदेश र स्थानीय तहहरूले पनि आफ्ना कोषहरूबाट यस विषयमा खर्च गरेका छन्। यसको समग्र फाँटवारी छिटै सार्वजनिक हुनेछ’, वक्तव्यमा भनिएको छ।
विदेशबाट भित्रने नेपालीहरूको संख्या ह्वात्तै बढेकाले क्वारेन्टाइन व्यवस्थापनमा केही समस्या देखिएको भए पनि तिनको निरन्तर सुधार गर्दै जान सरकार प्रतिबद्ध रहेको वक्तव्यमार्फत जानकारी दिइएको छ।
यस्तै समितिले नेपालको पूर्ण नक्शाका विषयमा सिंगो राष्ट्र एक रहेको यथार्थलाई पुनःपुष्टि गर्न अनुरोध गरेको छ। ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको पूर्ण नक्शालाई नेपालको निशान छापमा प्रतिविम्बित गर्ने गरी प्रतिनिधि सभाले भोलि गर्ने संविधान संशोधनसम्बन्धी निर्णय नेपालको इतिहासको एउटा महत्त्वपूर्ण क्षेत्र हो’, वक्तव्यमा भनिएको छ, ‘यस दिनलाई हार्दिकरूपमा स्वागत गर्न र सिंगो राष्ट्र यस विषयमा एक रहेको यथार्थलाई पुनःपुष्टि गर्न सबैमा अनुरोध गर्दछौं।’
" /> काठमाडौं। विभिन्न माग राखेर भइरहेको प्रदर्शनप्रति कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) निर्देशक समितिले ध्यानाकर्षण भएको जनाएको छ।आज एक वक्तव्य जारी गर्दै समितिले कोरोना संक्रमण जोखिमको अवस्थाप्रति गम्भीर र संवेदनशील हुन सबैलाई आग्रह गरेको छ।

">