काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सहकारी विभागको अनुगमन तथा निरक्षण गरेकी छन्।
साे अवसरमा मन्त्री अर्यालले भीडभाड कम गरेर कार्यालय सञ्चालन गर्न निर्देशन दिइन्। “कार्यालयमा भीडभाड कम गर्नका निम्ती दुई सिफ्टको सिस्टम लागू गरेर कार्यालय सञ्चालन गर्नुस्।”
कोरोनाले नयाँ चुनौती थपेको भन्दै उनले अहिले धेरै मानिसहरू विदेशबाट स्वदेश फर्किएकाले उनीहरूलाई पनि सहकारीमार्फत् रोजगारी दिन सकिने बताइन्।
ठूलो संख्यामा रहेका सहकारीको अनुगमन सरकारले गरिरहेको भए पनि त्यो अत्यन्त न्यून रहेकाले त्यसको प्रभावकारिता थप वृद्धि गर्न के गर्ने भन्ने सन्दर्भमा पनि सोच्न जरुरी रहेको उनले बताइन्।
अहिले नै सहकारीलाई राम्रोसँग नियमन गर्न नसके भविष्यमा ठूलो चुनौती हुन सक्ने उनको भनाइ थियो।
सहकारीका प्रशिक्षणहरू पनि कसरी भइरहेका छन् ? त्यसको प्रतिफल कस्तो भइरहेको छ ? भन्ने बारेमा समीक्षा गर्नुपर्ने बेला आएको मन्त्री अर्यालले बताइन्। अबको प्रशिक्षणको डिजाइन फरक ढंगले गर्न समेत उनले आग्रह गरिन्।
" /> काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सहकारी विभागको अनुगमन तथा निरक्षण गरेकी छन्।साे अवसरमा मन्त्री अर्यालले भीडभाड कम गरेर कार्यालय सञ्चालन गर्न निर्देशन दिइन्। “कार्यालयमा भीडभाड कम गर्नका निम्ती दुई सिफ्टको सिस्टम लागू गरेर कार्यालय सञ्चालन गर्नुस्।”

">