सरकारी ई-कमर्स कम्पनीले चक्रपथबाहिर पनि सेवा दिने
<p>काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले शुरु गरेको अनलाइन सेवा चक्रपथबाहिर पनि विस्तार गरिने भएको छ।</p>
<p>११ चैतदेखि शुरु भएको सरकारी ई-कमर्श कम्पनीले काठमाडौं उपत्यकाभरी सेवा दिने भएको हो।</p>
<p>हाल कम्पनीले चक्रपथभित्र मात्रै सेवा दिइरहेको छ। तर, चक्रपथभित्र मात्रै कायम रहेको होम डेलीभरी सेवालाई चक्रपथ बाहिर पनि विस्तार गर्ने कम्पनीले बताएको छ।</p>
<p>महामारीको समयमा ग्राहकको घरघरमै खाद्यान्‍न पुर्‍याउँदै आएको छ।</p>
प्रतिक्रिया दिनुहोस्