प्रदर्शन स्थगन गर्न साझा पार्टीको आग्रह
<p>काठमाडौं। सरकारले हिजो सार्वजनिक गरेको प्रतिबद्धतालाई ध्यानमा राख्दै प्रदर्शनहरू स्थगित गर्न साझा पार्टीले आह्वान गरेको छ।</p>
<p>“कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा राज्यको खर्चको फाँटवारी सार्वजनिक गर्ने, महामारीविरुद्धका योजनालाई थप प्रभावकारी बनाउने, पीसीआर परीक्षणको दायरा थप बढाउने भनी सरकारले जारी गरेको सार्वजनिक प्रतिबद्धतालाई साझा पार्टी शंकाको सुविधासहित स्वागत गर्छ,” पार्टी सहप्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।</p>
<p>सरकारको सार्वजनिक प्रतिबद्धता र कोरोना भाइरसको बढ्दो संक्रमणको पृष्ठभूमिमा हाल जारी प्रदर्शनलाई केही दिनका लागि स्थगन गरेर सरकारले वाचा अनुरूपका काम गरे-नगरेको मूल्यांकन गर्न उक्त पार्टीले अपिल गरेको छ।</p>
प्रतिक्रिया दिनुहोस्