बसले किचेर सुर्खेतमा किशोरीको मृत्यु
सुर्खेत। चिङ्गाड गाउँपालिका-३, चिउडुवामा बसले किचेर आज एक किशोरीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सुर्खेतदेखि जाजरकोटको शिवालय जाँदै गरेको लु१ख ४८२३ नम्बरको यात्रुवाहक बसले किच्दा दैलेखको डुङ्गेश्वर गाउँपालिका-४, अवलपराजुलकी १४ वर्षीया कमला बुढाको घटनास्थलमै मृत्यु भएको हो।

उकालोमा बढी चाप धान्न नसकेर पछाडि गुडिरहेको अवस्थामा अत्तालिएर ढोकाबाट हाम फाल्दा बुढाको सोही बसको चक्काले किचेर मृत्यु भएको प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए।

घटनास्थलमा प्रहरी पुगेर थप अनुसन्धान शुरु गरिसकेको छ।

त्यस्तै १० कात्तिक राति पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका—६, लिसीडाँडामा लक्ष्मी पूजाका अवसरमा बालिएको मैनबत्तीको आगोबाट स्थानीय कुमार दमाईको घर जलेर करीब एक लाख ५० हजार रूपैयाँ बराबरको सम्पत्ति क्षति भएको प्रहरीले जनाएको छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्