काठमाडौं। प्रतिनिधिसभाको आजको बैठले संविधान संशोधन विधेयक पास गर्दैछ।
आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा। शिवमाया तुम्बाहाङ्फेले पेश गरेको विधेयक पारित गर्न लागिएको हो।
बैठकको शुरुमा कानूनमन्त्री तुम्बाहाङ्फेले संविधान संशोधन प्रस्तावमाथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव गरेकी छन्। उक्त प्रस्ताव सर्वसम्मत रूपमा पारित भएकाे छ।
छलफलपछि कानूनमन्त्री तुम्बाहाङ्फेले नै उक्त प्रस्ताव पारित गरियोस् भन्ने अर्को प्रस्ताव राख्नेछिन्।
जसलाई प्रतिनिधि सभामा मतदानका माध्यमबाट टुंगोमा पुर्याइएनेछ। संविधान संशोधन विधेयक पारित गर्न कम्तिमा दुई तिहाइ बहुमत आवश्यक पर्छ । संसदमा प्रतिनिधित्व गर्ने सबै दलले यो प्रस्तावको समर्थन गरेका कारण आवश्यक बहुमत सजिलै पुग्ने देखिन्छ।
सरकारले ७ जेठमा नेपालको राजनीतिक नक्शा जारी गरेको थियो। जसमा पश्चिममा भारतले अतिक्रमण गरेको लिम्पियाधुरासम्मको भूभाग समेटिएको छ।
नेपालको संविधानको अनुसूची ३ मा निशान छापसम्बन्धी व्यवस्था छ। उक्त छापमा रहेको नेपालको नक्शालाई अद्यावधिक गर्न संविधान संशोधन गर्न लागिएको हो।
प्रतिनिधि सभाको बैठकले संशोधन विधेयक पारित गरेपछि अब उक्त प्रस्तावलाई राष्ट्रिय सभामा पठाइनेछ । राष्ट्रिय सभाको पनि कम्तिमा दुई तिहाइ बहुमतले उक्त प्रस्ताव पारित गर्नुपर्नेछ।
त्यसपछि मात्रै संविधान संशोधन हुनेछ र अनुसूची ३ मा रहेको नेपालको निशान छापमा अध्यावधिक गरिएको नक्शा रहनेछ।
" /> काठमाडौं। प्रतिनिधिसभाको आजको बैठले संविधान संशोधन विधेयक पास गर्दैछ।आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा। शिवमाया तुम्बाहाङ्फेले पेश गरेको विधेयक पारित गर्न लागिएको हो।

">