भक्तपुर। नाङ्ग्लो खाली थियो। रापती बनेपालीले त्यसमा थोरै धान राखिन्। अनि ढुंगाले रगड्दै धानबाट आख्यो(चामल) र भुस छुट्याइन्। उनलाई जजंका बनाउन हतार थियो। त्यसैले छुट्याएको आख्योलाई चारकुने कपडामा पोको पार्दै लामो धागोमा बानेर उनले जजंका बनाइन्।
“म्हपूजा र भाइटीकाको लागि जजंका नभई हुन्न”, ७० वर्षिया रापती भन्छिन्,“जजंका बनाउँदा यो आख्यो पनि राख्नुपर्छ। मिलमा कुटेको चामल राख्नुहुन्न भन्छन्, त्यसैले हातैले गेडा छुट्याउनुपर्छ।”
भाइटीका अघि रापतीले झन्डै सयवटा जति जजंका बनाइसक्नुपर्छ। परिवारका लागि २४ वटा र दाजुभाइका लागि बाँकी।
तिहारका बेला मखमली, सयपत्रीका मालासँगै नेवार समुदायमा जजंका पनि लगाउने चलन छ।
यो देवतालाई लगाइदिने माला हो। म्हपूजा र किजापूजाका दिन यो माला लगाउने परम्परा नेवार समुदायमा पाइन्छ। पहिले–पहिले यो माला देवतालाई मात्रै लगाइदिने चलन थियो। अहिले दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै यो माला लगाइदिने गर्छन्।
आख्योलाई कपडाको टुक्रामा बाँधेर त्यो टुक्रालाई धागोमा बाँधेपछि जजंका तयार हुन्छ।
जजंकामा आख्यो मात्रै नभई समुदाय अनुसार पञ्चरंगको कपडाका टुक्रा, फूल पनि राख्ने गरिन्छ।
त्यस्तै, देवता अनुसार जजंका फरकफरक रंगका हुन्छन्। भैरवलाई नीलो, गणेशलाई रातो, माहेश्वरीलाई पहेंलो रंगको जजंका बनाउने चलन छ।
मानव शरीर पञ्चतत्वबाट बनेको मानिएकाले जजंका पनि पाँच थरीकै वस्तुबाट बनाउने चलन रहेको संस्कृतिविद् ओम धौभडेल बताउँछन्। उनका अनुसार काँचो धागोबाट बिजोडा संख्यामा घुमाएर जजंका बनाउने गरिन्छ।
रक्षासुत्रको रूपमा दाजुभाइको शरीरको नाप अनुसारै जजंका लगाइदिने चलन रहेको संस्कृतिविद् ओम धौभडेल बताउँछन्। उनका अनुसार, तान्त्रिक विधि र पूजाअनुसार देवतालाई जजंका लगाइदिने चलन छ।
मानिसलाई लगाउने यही मालालाई भने क्वखा भनिन्छ।
“मानिसको शरीरमा पनि देवता हुन्छ भन्ने विश्वासका साथ देवतालाई मात्रै नभई तिहारका बेलामा मानिसलाई नै जजंका लगाएर पूजा गर्ने चलन छ,” धौभडेल भन्छन्, “नेवार समुदायमा भाइटीका गर्दा तान्त्रिक विधि नै अपनाइने भएकोले यो धागोको निकै महत्व छ।”
धौभडेलका अनुसार लिच्छवी राजा जयदेव द्वितीयको पालामा दीपावलीकै बेलामा नेपाल मण्डलमा ठूलो आगलागी भयो।
“त्यस बेला सम्पूर्ण नेपाल मण्डल ध्वस्त भएको तथ्य इतिहासमा पाउन सक्छौं,” उनी भन्छन्, “त्यो आगलागीपछि जति मान्छे बाँचेका थिए, तिनले भोलिपल्ट म्हपूजा गरे। आगलागीमा महिलाभन्दा पुरुष बढी परेकाले बाँचेका पुरुषको दीर्घायुको कामनासहित भाइटीका लगाएर उत्सव मनाइयो। त्यहि बेलादेखि जजंका प्रचलनमा आएको हुनसक्छ।”
रापतीका अनुसार काँचो धागोबाट जजंका विभिन्न आकारका बनाइन्छन्। साना जजंका गाग्री, कुचो, टाँफो, करुवा लगायतलाई पुजा गर्न बनाइन्छ।
म्हपूजा र भाइटीकामा लावा(धानको फूल), भटमास, मास, आख्यो, तेल, अबिरबाट बनेको गोलाकार मण्डको बीचमा सानो जजंकाको प्रयोग हुन्छ।
त्यस्तै, त्यो भन्दा अलिक ठूलो जजंका म्हपूजाको लागि प्रयोग गरिन्छ। र, सबैभन्दा ठूलो भाइटीकाको लागि प्रयोग हुन्छ।
म्हपूजा र भाइटीकामा प्रयोग हुने जजंकामा हुने डोरी र आख्योको संख्या निश्चित छ।
म्हपूजामा ६ वटा आख्यो र भाइटीकामा प्रयोग हुने जजंकामा १२ वटा आख्यो राखिएको हुन्छ। रङरङका जजंका म्हपूजा गर्दा लेखिने मण्डलको अगाडी चार बत्ती बाली जजंका लगाएर दीर्घायुको कामना गरिन्छ।
नेवार समुदायमा परम्परागत रूपमा भाइटीकामा अन्डाको सगुन, जजंका र बत्ती नभई नहुने वस्तु हुन्। यो जजंका लगाएपछि चार दिनसम्म निकाल्न नहुने संस्कृतिविद् धौभडेलले बताउँछन्।
" /> भक्तपुर। नाङ्ग्लो खाली थियो। रापती बनेपालीले त्यसमा थोरै धान राखिन्। अनि ढुंगाले रगड्दै धानबाट आख्यो(चामल) र भुस छुट्याइन्। उनलाई जजंका बनाउन हतार थियो। त्यसैले छुट्याएको आख्योलाई चारकुने कपडामा पोको पार्दै लामो धागोमा बानेर उनले जजंका बनाइन्।

">