“निकै विभत्स हत्या भएको छ, अहिलेसम्म कसले हत्या गरेको भन्ने खुलेको छैन,” जिल्ला समन्वय समितिका उपप्रमुख एवं स्थानीयबासी धनबहादुर बोहराले देखापढीसँग भने,“तिहारको समयमा पूरै गाउँ शोकमा डुबेको छ।”
उपप्रमुख बोहराका अनुसार कैलालीको धनगढीमा बस्दै आएका वीरा केहीसमय अघि मात्रै दाजु भाउजू भेट्न पिथौैरागढ गएका थिए । त्यसपछि उनी पनि त्यति काम गर्न थालेका थिए । उनको पनि त्यहाँ हत्या भएको छ ।
घरमा दुवै दाजुभाइकी बृद्ध आमा मात्रै छन् । भारतीय सञ्चार माध्यमले जनाएअनुसार हत्या गरिएका तीनैजनाको लिङ्ग काटिएको छ । पिथौरागढको जिल्ला सदरमुकामदेखि ४ किलोमिटरको दूरीमा जंगल नजिकैको गाउँमा उनीहरूको हत्या भएको हो ।
ढुँगा, गिट्टी, बालुवा संकलन गर्ने तथा सडक निर्माणको काममा मजदुरी गर्दै आएका हरिश, उनकी श्रीमती किर्रा र काशी उक्त घरमा डेरामा बस्दै आएका थिए ।
उनीहरूको शव भेटिएको घरको ढोका बन्द गरिएको भेटिएको भारतीय प्रहरीलाई उद्धृत गर्दै त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन् ।
टाइम्स अफ इण्डियालाई पिथौरागढका एसपी आरसी राजगुरुले दिएको जानकारी अनुसार ८ कात्तिकमा केही मानिस उनीहरू बस्दै आएको घरमा पुगेका थिए ।
“उनीहरूको भान्सा कोठामा ८ कात्तिक साँझ मासुसहितका परिकार पाकेको देखिन्छ,” एसपी राजगुरुले टाइम्स अफ इण्डियालाई भनेका छन्,“ हत्याराहरुलाई हरिश र काशीले चिनेको हुनुपर्छ ।”
घटनापछि हरिश बोहराकी श्रीमती किर्रा फरार रहेको बताइएको छ । भारतीय प्रहरीले अनुसन्धानका लागि तीनवटा टोली खटाएको छ । अनुसन्धानका लागि तालिम प्राप्त कुकुरकोेसमेत प्रयोग गरिएको छ ।
अलमोडाबाट फरेन्सिक जाँच गर्ने प्रहरीको टोली पनि पिथौरागढ पुगेर नमूना संकलन गरेको छ ।
फरेन्सिक जाँचपछि मृतकहरुको शव पोस्टमार्टमका लागि पिथौरागढ अस्पतालमा राखिएको छ । घटनापछि मृतकका परिवार पिथौरागढ पुगेका छन् ।
हरिश र काशी डेढ वर्षदेखि त्यहाँ काम गर्दै आएका थिए ।
बैतडी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले भारतीय प्रहरीसँग समन्वय भइरहेको बताए ।
“भारतीय प्रहरीले सीमास्थित प्रहरी कार्यालयमा खबर गरेको थियो,” उनले देखापढीसँग भने, “हत्यामा नेपाली संलग्न भएको पाइए अनुसन्धानका लागि नेपाल प्रहरीले पनि अनुसन्धान गर्छ ।”
नेपाल–भारतको सीमा नाका झुलाघाटदेखि पिथौरागढ ५/६ घण्टाको दुरीमा पर्दछ । अधिकाशं मानिसहरू रोजगारीका लागि पिथौरागढ जाने गर्छन् ।
पढ्नुहाेस्
भारतमा तीन नेपाली मजदूरको हत्या
" /> अमर उजालाले जनाएको छ ।

">