काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री एवं सांसद शशांक कोइरालाले कांग्रेसले संविधान संशोधनको पक्षमा मतदान गर्ने बताएका छन्।
प्रतिनिधि सभाको जारी बैठकमा बोल्दै महामन्त्री कोइरालाले नेपालको अद्यावधिक नक्शालाई निशान छापमा समावेश गर्नका लागि हुने संशोधनको पक्षमा उभिने कांग्रेसले निर्णय गरेको जानकारी गराए।
नेपाली कांग्रेसले स्थापना कालदेखि नै राष्ट्रियतालाई सर्वाधिक महत्व दिँदै आएको उनको भनाइ छ।
भारतसँगको खुला सिमाना दुवै देशका लागि एक-अर्काको महत्वको परिचायक भएको बताउँदै उनले भारतसँगको सम्बन्ध आगामी दिनमा पनि उच्च प्राथमिकतामा राख्नुपर्ने बताए।
भारत र चीन दुवै देशसँग समानताका आधारमा सम्बन्ध विकासमा ध्यान दिनुपर्ने उनले बताए।
“वास्तविक अस्थित्वको परिचय खोजी गरेर नेपाली भूभाग समेटेर नक्शा जारी गर्नु अहिलेको राष्ट्रिय आवश्यकता हो। यसले भारतसँगको सम्बन्ध प्रभावित हुनु हुँदैन,” कांग्रेस महामन्त्री कोइरालाले भने, “नेपालका लागि भारतको असल मित्रता आवश्यक भए जस्तै अन्तर्राष्ट्रिय मञ्चमा भारतका लागि नेपालको पनि उस्तै महत्व छ, यो भारतले बुझ्नुपर्छ।”
" /> काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री एवं सांसद शशांक कोइरालाले कांग्रेसले संविधान संशोधनको पक्षमा मतदान गर्ने बताएका छन्।प्रतिनिधि सभाको जारी बैठकमा बोल्दै महामन्त्री कोइरालाले नेपालको अद्यावधिक नक्शालाई निशान छापमा समावेश गर्नका लागि हुने संशोधनको पक्षमा उभिने कांग्रेसले निर्णय गरेको जानकारी गराए।

">