नेपालको भूमि फिर्ता लिने निर्णय कसैको विरुद्ध होइनः विष्णु पौडेल
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका महासचिव एवं सांसद विष्णु पौडेलले नेपालले आफ्नो भूमि फिर्ता लिँदा छिमेकीको दिल दुख्छ कि भनेर लघुताभाष लिन नहुने बताएका छन्।
प्रतिनिधि सभामा संविधान संशोधन प्रस्तावको छलफलमा बोल्दै सांसद पौडेलले नेपालको भूमि फिर्ता लिने निर्णय कसैको विरूद्धमा नभएको बताए।
“इतिहासले सुम्पेको युगिन अभिभारा पूरा गर्दैछौं। नेपालको भूमि फिर्ता लिने निर्णय गर्दैगर्दा कतिपयले आशंकाका रूपमा पनि हेरेका थिए। आशंकाको जवाफ व्यवहारबाट दिनु वाञ्छनीय हुन्थ्यो। संविधान संशोधनको निर्णय कसैको विरुद्ध होइन”, उनले भने, “नेपाल नेपालको पक्षमा उभिँदा, सार्वभौमिकताको पक्षमा उभिँदा छिमेकीको दिल दुख्छ भन्ने लघुताभाष लिएर बस्ने होइन।”
नक्शा परिमार्जन मात्रै होइन अतिक्रमित भूमि प्राप्त गर्नुपर्छ भन्ने संकल्प र अठोट सदनले लिनुपर्ने र आत्मविश्वासका साथ अघि बढ्नुपर्ने पौडेलले बताए।
“शक्तिले सत्यलाई पछ्याउनु अनिवार्य हुन्छ। ऐतिहासिक सच्याइलाई वार्ताको टेबुलमा राखेर समस्या समाधान गर्छौ”, पौडेलले संसदमा भने, “राष्ट्रको आकार ठूलो छ कि सानो जनसंख्याको आकार ठूलो छ कि सानो भन्ने कुराले ऐतिहासिक तथ्य फरक पर्दैन।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्