काठमाडाैं। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवत् ११४० को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरेका छन्।
“नेपालको मौलिक संवतको रूपमा रहेको नेपाल संवतले सबै नेपालीहरूमा सहिष्णुता, भाइचारा र आपसी सद्भाव अभिवृद्धि गर्न योगदान पुग्ने विश्वास लिएको छु”, राष्ट्रपति भण्डारीद्वारा आज जारी शुभकामना सन्देशमा भनिएको छ।
राष्ट्रपति भण्डारीले नेपाल संवत्को नयाँ वर्षले सबैमा नयाँ जोश, जागर, उत्साह र उमङ्ग थप्दै मुलुक र मुलुकवासीमा राष्ट्रिय एकता र समृद्धिको सन्देश दिन सकोस् भन्दै सबैमा हर्षाेल्लासको कामनासहित हार्दिक शुभेच्छासमेत व्यक्त गरेका छन्। रासस
" /> काठमाडाैं। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवत् ११४० को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरेका छन्।“नेपालको मौलिक संवतको रूपमा रहेको नेपाल संवतले सबै नेपालीहरूमा सहिष्णुता, भाइचारा र आपसी सद्भाव अभिवृद्धि गर्न योगदान पुग्ने विश्वास लिएको छु”, राष्ट्रपति भण्डारीद्वारा आज जारी शुभकामना सन्देशमा भनिएको छ।

">