काठमाडौं। प्रतिनिधि सभाबाट दुई तिहाइभन्दा बढी मतले पारित नेपालको संविधान (दोस्रो संशोधन) विधेयक भोलि, ३२ जेठमा राष्ट्रिय सभामा पेश गरिनेछ।
संघीय संसद्का महासचिव डा. भरतराज गौतमले आज जारी गरेको राष्ट्रिय सभाको भोलिको सम्भावित कार्यसूचीमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ लाई राष्ट्रिय सभा बैठकमा टेबुल गर्ने उल्लेख छ।
राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले विधेयक टेबुल गर्नेछन्।
प्रतिनिधि सभाबाट पारित भएको संविधान संशोधन प्रस्ताव राष्ट्रिय सभाले पनि पारित गरेर राष्ट्रपतिले प्रमाणित गरेपछि सरकारले जारी गरेको नयाँ नक्शा संविधानको अङ्ग बन्नेछ।
आजै बसेको प्रतिनिधि सभा बैठकले दुई तिहाइ भन्दा बढी मतले संविधान संशोधन विधेयक पारित गरेको थियो। बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले पेश गरेको विधेयक पारित भएको हो।
संविधान संशोधन विधेयक पारित गर्नको लागि भएको मतदानमा संविधान संशोधनको पक्षमा २५८ मत परेको थियो। उक्त मत तत्काल संसद्मा कायम रहेको सांसदहरूको संख्याको दुई तिहाइ भन्दा बढी हो।
विपक्षमा कुनै पनि सांसदले मतदान गरेनन् भने मतदान गर्दैन भन्नेमा पनि कुनै पनि मत परेन।
नेपालको संविधानको अनुसूची–३ मा उल्लेखित निशान छापमा नेपालको नक्शा पनि अंकित भएको कारण लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नयाँ नक्शा जारी गरेपछि संविधान संशोधन गर्नु परेको हो।
सरकारले ७ जेठमा नेपालको राजनीतिक नक्शा जारी गरेको थियो। जसमा पश्चिममा भारतले अतिक्रमण गरेको लिम्पियाधुरासम्मको भूभाग समेटिएको छ।
नेपालको संविधानको अनुसूची ३ मा निशान छापसम्बन्धी व्यवस्था छ। उक्त छापमा रहेको नेपालको नक्शालाई अद्यावधिक गर्न संविधान संशोधन गर्न लागिएको हो।
" /> काठमाडौं। प्रतिनिधि सभाबाट दुई तिहाइभन्दा बढी मतले पारित नेपालको संविधान (दोस्रो संशोधन) विधेयक भोलि, ३२ जेठमा राष्ट्रिय सभामा पेश गरिनेछ।संघीय संसद्का महासचिव डा. भरतराज गौतमले आज जारी गरेको राष्ट्रिय सभाको भोलिको सम्भावित कार्यसूचीमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ लाई राष्ट्रिय सभा बैठकमा टेबुल गर्ने उल्लेख छ।

">