काठमाडौं। प्रतिनिधि सभाले निशान छापमा नेपालको नयाँ राजनीतिक नक्शा प्रयोग गर्ने विधेयक पारित गरेपछि देशभर खुशियाली मनाइएको छ।
निशान छापमा नयाँ नक्शा राख्न संसदमा प्रस्तुत भएको संशोधन विधेयक प्रतिनिधि सभाबाट दुई तिहाइभन्दा बढी मतले पारित भएपछि काठमाडौं उपत्यकासहित देशभर खुशियाली मनाइएको हो।
लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्शालाई निशान छापमा प्रयोग गर्ने सम्बन्धी विधेयकलाई आज प्रतिनिधि सभाले पारित गरेको हो।
योसँगै उपत्यकाको माइतीघर मण्डललगायतका ठाउँहरूमा उपस्थित सर्वसाधारणहरूले सडकमा नेपालको नक्शा बनाएर खुशियाली मनाएका छन्।
माइतीघरमा दीप प्रज्वलन गर्ने कार्यक्रम आयोजना गरिएको भएपनि पानी परेको कारण रोकिएको छ।
प्रतिनिधि सभाको बैठकमा उपस्थित २५८ जना सांसदहरूले संविधान संशोधन विधेयकको पक्षमा मतदान गरेका थिए। १२ सांसद अनुपस्थित थिए। चारजना सांसद निलम्बनमा छन्।
" /> काठमाडौं। प्रतिनिधि सभाले निशान छापमा नेपालको नयाँ राजनीतिक नक्शा प्रयोग गर्ने विधेयक पारित गरेपछि देशभर खुशियाली मनाइएको छ।निशान छापमा नयाँ नक्शा राख्न संसदमा प्रस्तुत भएको संशोधन विधेयक प्रतिनिधि सभाबाट दुई तिहाइभन्दा बढी मतले पारित भएपछि काठमाडौं उपत्यकासहित देशभर खुशियाली मनाइएको हो।

">