काठमाडौं। आज प्रतिनिधिसभाले पास गरेको संविधान संशोधनप्रति प्रतिक्रिया दिँदै भारतले कृत्रिम विस्तार भन्दै हासिल गर्न नसक्ने कार्य भएको बताएको छ।
विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले एक विज्ञप्ति प्रकाशित गरी भनेका छन्- ‘नेपालको प्रतिनिधि सभाले भारतको भूभाग समेटिएको आफ्नो नक्शा परिवर्तन गर्न संविधान संशोधन गरेको जानकारीमा लिएका छौं। यसबारेमा हामीले हाम्रो धारणा पहिले नै स्पष्ट पारिसकेका छौं।’
भारतद्वारा अतिक्रमित भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानीसमेत समेटेर सरकारले जारी गरेको राजनीतिक नक्शालाई नेपालको निशान छापमा अद्यावधिक गर्नका लागि संविधान संशोधन गरिएको हो।
नेपालको नक्शालाई ‘कृत्रिम विस्तार’ भन्दै भारतले उक्त नक्शा ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको र त्यसको कुनै अर्थ नरहने भारतको प्रतिक्रिया छ।
नेपालको यस कार्यले सीमा विवादलाई वार्ताका माध्यमद्वारा समाधान गर्ने भन्ने नेपाल र भारतबीचको समझदारीको पनि उल्लंघन गर्ने भारतको प्रतिक्रिया छ।