काठमाडाैं। प्रतिनिधि सभाको बैठकमा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौलाले ‘समितिको वार्षिक प्रतिवेदन, २०७७’ सदनसमक्ष पेश गरिन्।
संसदीय समितिका वार्षिक प्रतिवेदन सदनसमक्ष पेश गर्ने संवैधानिक व्यवस्था छ। आजको बैठकमा प्रतिवेदन पेश गर्दै उनले एक वर्षको अवधिमा सञ्चालन भएका समितिका ३५ बैठकले विभिन्न निकायलाई महत्त्वपूर्ण निर्देशन र सुझाव दिएकाे जानकारी दिइन्।
समितिले सीमा क्षेत्रको सुरक्षा र डुबान समस्या, नेपाल वायुसेवा निगमको जहाज खरिद प्रक्रिया, पर्यटन प्रवर्द्धन तथा व्यवस्थापन, विश्व सम्पदा सूचीमा सूचीकृत सांस्कृतिक सम्पदा क्षेत्रका संरक्षणमा भइरहेका प्रयासबारे सरकारलाई सल्लाह र सुझाव दिएको थियो।
पशुपतिनाथ क्षेत्रको मूर्तअमूर्त संस्कृतिका सम्बन्धमा पशुपति क्षेत्र विकास कोषले गरेको अनुसन्धान, नेपालको सार्वभौमिकसत्ता र भौगोलिक अखण्डताको रक्षा, भारतलगायत विश्वका विभिन्न देशमा रहेका नेपालीलाई कोभिड-१९ बाट सुरक्षा र उनीहरूको समस्या सम्बोधनसम्बन्धी विषयमा समितिले सरकारलाई सुझाव दिएको थियो।
समितिले लकडाउनमा नागरिकको उद्धार, नेपालको भूमि समेटेर नक्शा प्रकाशन, लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा नेपालको सुरक्षा र प्रशासनिक क्षेत्र कायम गर्ने विषयमा पनि समितिले सरकारलाई सल्लाह र निर्देशन दिएको उनले बताए।
समितिको कार्यक्षेत्रभित्र परराष्ट्र र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्छ। प्रतिनिधि सभाका १० र राष्ट्रिय सभाका चार र संयुक्त दुई गरी संघीय संसदमातहत १६ विषयगत समिति छन्। रासस
" /> काठमाडाैं। प्रतिनिधि सभाको बैठकमा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौलाले ‘समितिको वार्षिक प्रतिवेदन, २०७७’ सदनसमक्ष पेश गरिन्।संसदीय समितिका वार्षिक प्रतिवेदन सदनसमक्ष पेश गर्ने संवैधानिक व्यवस्था छ। आजको बैठकमा प्रतिवेदन पेश गर्दै उनले एक वर्षको अवधिमा सञ्चालन भएका समितिका ३५ बैठकले विभिन्न निकायलाई महत्त्वपूर्ण निर्देशन र सुझाव दिएकाे जानकारी दिइन्।

">