काठमाडौं। सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय हवाइ उडान स्थगन २१ असारसम्म लम्ब्याएको छ।
मन्त्रीपरिषद्ले ५ जुलाई ५ अर्थात् २१ असारसम्म हवाई उडान स्थगन गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले बताए।
यसअघि सरकराले १६ असारसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा स्थगन गर्न निर्णय गरेको थियो।
सरकारले ११ चैत २०७६ बाट लकडाउन घोषणा गरेपछि आन्तरिक तथा अन्तर्राष्ट्रियतर्फका नियमित उडान बन्द गरिएको थियो।
तर, लकडाउनको अवधिमा यात्रु उद्धार तथा कार्गो जहाजले भने नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिएर विशेष उडान गर्न गरिरहेका छन्।
त्यसबाहेक, सरकारले विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश ल्याउनको लागि विभिन्न देशमा उद्धार उडान गर्ने निर्णय पनि गरेको छ।
विशेषगरी वैदेशिक रोजगारीमा गएका र कोरोना महामारीका कारण समस्यामा परेका नेपालीलाई ती उडानमार्फत स्वदेश ल्याउन लागिएको छ।
" /> काठमाडौं। सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय हवाइ उडान स्थगन २१ असारसम्म लम्ब्याएको छ।मन्त्रीपरिषद्ले ५ जुलाई ५ अर्थात् २१ असारसम्म हवाई उडान स्थगन गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले बताए।

">