चितुवाको आक्रमणबाट बालकको मृत्यु

तनहुँ। तनहुँको भानु नगरपालिका–२, फुस्रेटारमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही ठाउँ बस्ने सात वर्षीय ऋतिक रोका रहेका छन्।

घरकै आँगनमा खेलिरहेका बेला चितुवाको आक्रमणमा परी बालकको मृत्यु भएको तनहुँ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए।

चितुवाले बालकको कम्मरमुनिको आधा भाग खाएको थियो।

बालकको शव घरभन्दा १०० मिटरमाथिको जङ्गलमा भेटिएको थियो।

चितुवाको आक्रमणबाट वडा नं १, २, ३ र ४ मा डेढ वर्षको अवधिमा ६ बालबालिकाको मृत्यु भइसकेको छ। रासस

प्रतिक्रिया दिनुहोस्