काठमाडौं। नेपाल राष्ट्र बैंकले १ असारदेखि कार्यालय समयमै बैंक खोल्न निर्देशन दिएको छ।
जससँगै २८ जेठमा बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय अनुसार विगतको सामान्य अवस्थामा जस्तै बैंकहरू खुल्ने भएका हुन्।
राष्ट्र बैंकले आज सूचना जारी गर्दै साविकको कार्यालय समयअनुसार नै बैंकहरू खोल्न भनेको छ।
तर, सेवाग्राहीको भीडभाड हुने ब्रान्चहरूमा आवश्यक्ताअनुसार बिहान ८ देखि बेलुका ६ बजेसम्म कार्यालय सञ्चालन गर्न मिल्नेछ।
यस्तै सेवाग्राहीको भीडभाड नहुने तथा दूरी कायम हुने व्यवस्था मिलाउन समेत राष्ट्र बैंकले निर्देशन दिएको छ।
त्यसैगरी, बैंकिङ सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहेन जनशक्ति तथा सेवाग्राहीको स्वास्थ्य सुरक्षामा ध्यान दिनु पर्ने तथा विद्युतीय कारोरबामा जोड दिनसमेत भनिएको छ।
" /> काठमाडौं। नेपाल राष्ट्र बैंकले १ असारदेखि कार्यालय समयमै बैंक खोल्न निर्देशन दिएको छ।जससँगै २८ जेठमा बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय अनुसार विगतको सामान्य अवस्थामा जस्तै बैंकहरू खुल्ने भएका हुन्।

">