काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूका एकजना केन्द्रीय सदस्य किशोरी बलात्कार आराेपमा पक्राउ परेका छन्।
१८ वर्षीया किशोरीलाई गोकर्णेश्वर–६ माकलबारीमा बलात्कार गरेको आराेपमा अखिलका केन्द्रीय सदस्य इन्द्रहाङ राई पक्राउ परेका हुन्। पीडित किशोरीको बयान र उजुरीका आधारमा राईलाई आज बिहान ६ बजे पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले देखापढीलाई जानकारी दिए। उनलाई महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले पक्राउ गरेको हो।
पक्राउ परेका राई रत्न राज्यलक्ष्मी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सह–सचिव समेत हुन्। राईले किशोरीलाई गोकर्णेश्वर–६ माकलबारीमा रहेको राईकै साथीको कोठामा लगेर बलात्कार गरेको पीडितको आरोप छ। किशोरीले राईले ‘एउटा काम छ, आउ’ भनी बोलाएर आफूलाई बलात्कार गरेको प्रहरीसमक्ष बयान दिएकी छन्। प्रहरीले किशोरीको राति नै उद्धार गरिएको थियो।
पीडित किशोरीलाई स्वास्थ्य परीक्षणका लागि पठाइएको र घटनाको थप अनुसन्धान भइरहेको डीएसपी बोगटीले बताए। “अहिले पीडितको मेडिकल जाँच गर्ने, सत्यतथ्य बुझ्ने र घटनाको गम्भीरतापूर्वक अनुसन्धान गर्ने काम भइरहेको छ”, बोगटीले भने ।
" /> काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूका एकजना केन्द्रीय सदस्य किशोरी बलात्कार आराेपमा पक्राउ परेका छन्।१८ वर्षीया किशोरीलाई गोकर्णेश्वर–६ माकलबारीमा बलात्कार गरेको आराेपमा अखिलका केन्द्रीय सदस्य इन्द्रहाङ राई पक्राउ परेका हुन्। पीडित किशोरीको बयान र उजुरीका आधारमा राईलाई आज बिहान ६ बजे पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले देखापढीलाई जानकारी दिए। उनलाई महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले पक्राउ गरेको हो।

">