काठमाडाैं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका महासमिति सदस्य एवं प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको निधनप्रति दुःख व्यक्त गरेका छन्।

अध्यक्ष शर्माको आज बिहान कोरोना व्यवस्थापनसम्बन्धी बैठकमा सहभागी हुन जाने क्रममा वर्दघाटमा सवारी दुर्घटनामा परी निधन भएको हो।

सभापति देउवाले शोक विज्ञप्तिमार्फत् उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्।

शर्माले नेपालको लोकतान्त्रिक आन्दोलन तथा पार्टी संगठनमा सक्रिय भूमिका निर्वाह गरेका थिए। उनको निधनबाट पार्टीले एक होनाहार नेतृत्वलाई गुमाएको र पार्टीलाई अपूरणीय क्षति पुगेको सभापति देउवाले उल्लेख गरेका छन्।

शर्मा कांग्रेस जिल्ला कार्यसमिति नवलपरासीको पूर्व आमन्त्रित सदस्य र साबिक सूर्यपुरा गाविसको पूर्वउपाध्यक्षसमेत थिए।

पार्टीको विभिन्न पदमा संलग्न रहँदै आएका शर्मा नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रियरूपमा सहभागी हुँदै आएका थिए। रासस

" /> काठमाडाैं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका महासमिति सदस्य एवं प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको निधनप्रति दुःख व्यक्त गरेका छन्।

अध्यक्ष शर्माको आज बिहान कोरोना व्यवस्थापनसम्बन्धी बैठकमा सहभागी हुन जाने क्रममा वर्दघाटमा सवारी दुर्घटनामा परी निधन भएको हो।

सभापति देउवाले शोक विज्ञप्तिमार्फत् उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्।

शर्माले नेपालको लोकतान्त्रिक आन्दोलन तथा पार्टी संगठनमा सक्रिय भूमिका निर्वाह गरेका थिए। उनको निधनबाट पार्टीले एक होनाहार नेतृत्वलाई गुमाएको र पार्टीलाई अपूरणीय क्षति पुगेको सभापति देउवाले उल्लेख गरेका छन्।

शर्मा कांग्रेस जिल्ला कार्यसमिति नवलपरासीको पूर्व आमन्त्रित सदस्य र साबिक सूर्यपुरा गाविसको पूर्वउपाध्यक्षसमेत थिए।

पार्टीको विभिन्न पदमा संलग्न रहँदै आएका शर्मा नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रियरूपमा सहभागी हुँदै आएका थिए। रासस

"> कांग्रेस महासमिति सदस्य शर्माकाे निधनप्रति देउवाद्वारा दुःख व्यक्त: Dekhapadhi
कांग्रेस महासमिति सदस्य शर्माकाे निधनप्रति देउवाद्वारा दुःख व्यक्त
काठमाडाैं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका महासमिति सदस्य एवं प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको निधनप्रति दुःख व्यक्त गरेका छन्।

अध्यक्ष शर्माको आज बिहान कोरोना व्यवस्थापनसम्बन्धी बैठकमा सहभागी हुन जाने क्रममा वर्दघाटमा सवारी दुर्घटनामा परी निधन भएको हो।

सभापति देउवाले शोक विज्ञप्तिमार्फत् उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्।

शर्माले नेपालको लोकतान्त्रिक आन्दोलन तथा पार्टी संगठनमा सक्रिय भूमिका निर्वाह गरेका थिए। उनको निधनबाट पार्टीले एक होनाहार नेतृत्वलाई गुमाएको र पार्टीलाई अपूरणीय क्षति पुगेको सभापति देउवाले उल्लेख गरेका छन्।

शर्मा कांग्रेस जिल्ला कार्यसमिति नवलपरासीको पूर्व आमन्त्रित सदस्य र साबिक सूर्यपुरा गाविसको पूर्वउपाध्यक्षसमेत थिए।

पार्टीको विभिन्न पदमा संलग्न रहँदै आएका शर्मा नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रियरूपमा सहभागी हुँदै आएका थिए। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्