सातै प्रदेशको बजेट आज सार्वजनिक हुँदै, स्वास्थ, कृषि र रोजगारीसँगै स्थानीय पूर्वाधार प्राथमिकता

काठमाडौं। आज सातवटै प्रदेश सरकारले आर्थिक वर्ष ०७७/७८ को बजेट सार्वजनिक गर्ने भएका छन्।

संवैधानिक प्रावधान अनुसार प्रदेश सरकारहरुले १० असार भित्र आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्छ।

केन्द्र सरकारले १५ जेठमा आगामी आर्थिक वर्षको लागि बजेट सार्वजनिक गरिसकेको छ।

केन्द्र सरकारको जस्तै आगामी आर्थिक वर्षको लागि प्रदेश सरकारहरूले पनि स्वास्थ, कृषि, रोजगारी र आर्थिर्थिक पुनरुत्थानलाई बजेटको मूख्य प्राथमिकतामा राखेका छन्।

कोभिड–१९ महामारी नियन्त्रण, रोकथाम र उपचारमा सहयोग पुग्‍ने गरी बजेटका कार्यक्रम तय भएको प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रीहरुले बताएका छन्।

कोरोना महामारीले अर्थतन्त्रमा पारेको प्रभावको कारण प्रदेश सरकारलाई पनि बजेटको स्रोत व्यवस्थापन गर्न समस्या परेको कारण चालू आर्थिक वर्षको तुलनामा आगामी बजेटको आकार धेरैजसो प्रदेशले घटाउने भएका छन्।

प्रदेश सरकारको बजेटमा स्वास्थ्यसँगै कृषि, पर्यटन, सडक, खानेपानी जस्ता विषय पनि प्राथमिकताका साथ बजेटमा समेट्न लागिएको प्रदेश सरकारका अधिकारीहरुले बताएका छन्।

प्रदेश सरकारहरूले नीति तथा कार्यक्रम ल्याउँदा नै स्थानीय पूर्वाधार विकासका कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेका छन्।

प्रतिक्रिया दिनुहोस्