मनिला। दक्षिण फिलिपिन्समा आज शक्तिशाली भूकम्प गएको छ। भूकम्पका कारण दुई व्यक्तिको मृत्यु हुनुका साथै दर्जनौं व्यक्ति घाइते भएका सरकारी अधिकारीहरुले बताएका छन्।
भूकम्पको धक्का कतिपय स्थानमा एक मिनेटसम्म अनुभव गरिएको थियो। भूकम्पबाट सर्वसाधारणका घरहरूका साथै ठूल्ठूला भवन र स्कुलका कक्षाकोठाहरूमा क्षति पुगेको छ।
फिलिपिन्समा वर्षैभरी पटकपटक भूकम्प जाने गरेको छ। यहाँ बर्सेनी भूकम्पका कारण जनधनको क्षति हुने गरेको छ। अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार यो भूकम्प ६.६ म्याग्नीच्यूडको थियो। यसलगत्तै अरु ५.८ म्याग्नीच्यूडको परकम्प जानुका साथै अरु स–साना परकम्पहरू पनि गएका थिए।
मानिसहरू पुनः शक्तिशाली भूकम्प आउने भयका कारण घरभित्र जान समेत डराएका छन्। भूकम्पका कारण स्थानीय प्रशासनले स्कुलहरू बन्द गराएको छ।
दुई साताअघि पनि फिलिपिन्समा ६.४ म्याग्नीच्यूडको भूकम्प गएको थियो। यो भूकम्पबाट कम्तीमा पाँच जनाको मृत्यु हुनुको साथै दर्जनौं भवनमा क्षति पुगेको थियो।–रासस/एएफपी