काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का राष्ट्रिय सभा सदस्य रामलखन चमारले बजेट बनाउने बेलामा सांसदहरूको वर्गीकरण गरिएको बताएका छन्।
राष्ट्रिय सभाको आजको बैठकमा ‘विनियोजन विधेयक २०७७’मा मन्त्रालयगत शीर्षकमाथिको छलफलका क्रममा सांसदहरूको वर्गीकरण गरेर आयोजनाहरू तय गरिएको बताएका हुन्।
सांसदहरूको हैसियत सबैको बराबर भएपनि बजेट बनाउने बेलामा वर्गीकरण गरेर आयोजनाहरू तय गरिएको उनको आरोप छ।
उनले सांसदहरूको क’, ‘ख’, ‘ग’, ‘घ’ वर्ग गरी वर्गीकरण गरी व्यवहार गरिएको गुनासो गरे। आफूहरूले विभिन्न आयोजनाका लागि मन्त्रालयमा अनुरोध गरेको तर, प्राथमिकतामा नपरेको भन्दै ‘घ’ वर्गलाई उपेक्षा गरे सबै एकठाउँमा उभिएर सरकारलाई चुनौती दिन सक्ने बताए।
उनले यस वर्षको बजेट आइसकेकोले सम्बन्धित मन्त्रालयमार्फत ‘घ’ वर्गमा परेकाहरूको समस्या बुझ्नपनि आग्रह गरे।
“बजेट विनियोजन गर्ने बेलामा जब मन्त्रालयगत अन्तर्गत आउँछ त्यसपछि ‘क’, ‘ख’, ‘ग’, ‘घ’ सम्मको माननीयहरूको बारेमा वर्गीकरण गरिन्छ। त्यही वर्गीकरणको व्यथा माननीयहरूले पोख्नुहुन्छ”, उनले भने, “मैले पनि र अरु माननीयहरूले पनि आफ्नो क्षेत्रमा केही न केही एउटा काम त गरौं भनेर मन्त्रालयहरूमा अनुरोध त गरेका छौं। तर, धेरै पाउने धेरै गर्न सक्ने ‘क’ वर्गको, आदिआदि गर्ने ‘ख’ वर्गको, थोरै यता उता कहिँकहिँ भएको ‘ग’ वर्गको, हामी ‘घ’ वर्गको संख्या त धेरै छौँ।”
उनले निर्वाचन क्षेत्र पूर्वाधार विकास रकमको बारेमा विगतकै कार्यविधि अनुशरण हुने हो या सबै सांसदहरूलाई समान अधिकार दिने हो अर्थमन्त्रीले प्रस्ट पार्नुपर्ने बताए।
अनुगमन र योजनालाई सहज तरिकाले सरोकारवालाले कसरी उपभोग गर्ने अभिमुखिकरणको योजना नआएको समेत चमारले बताए।
युवा रोजगारीलाई लक्षित गरेर कार्यक्रम आएको तर, कुन कुन मन्त्रालयबाट कसरी सहुलियत ब्याजमा वा अनुदानमा कसरी प्राप्त हुन्छ त्यसको प्रक्रियाको बारेमा युवाहरूलाई अभिमुखिकरण गर्ने कार्यक्रम नआएको बताए।
“अव युवाहरूलाई साँच्चिकै सशक्त बनाउनको लागि त सरकारका बजेटहरू कुन कुन बजेट कहाँ छन् कसरी प्राप्त हुन्छन् त्यसको बारेमा अभिमुखिकरणको अभियान लैजान सँगसँगै जरुरी छ”, उनले भने।
" /> काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का राष्ट्रिय सभा सदस्य रामलखन चमारले बजेट बनाउने बेलामा सांसदहरूको वर्गीकरण गरिएको बताएका छन्।राष्ट्रिय सभाको आजको बैठकमा ‘विनियोजन विधेयक २०७७’मा मन्त्रालयगत शीर्षकमाथिको छलफलका क्रममा सांसदहरूको वर्गीकरण गरेर आयोजनाहरू तय गरिएको बताएका हुन्।

">