शेखर काेइराला भन्छन्- ‘सरकार ढुकुटी रित्तियो भन्छ, कर्मचारी कर लिन मान्दैनन्।’

काठमाडौं। कांग्रेस नेता डा. शेखर कोइरालाले सरकारी कर्मचारीले कर लिन नमानेको बताएका छन्।

उनले सरकारले ढुकुटी रित्तियो भने पनि कर तिर्न कार्यालय जाँदा सरकारी कर्मचारीले कर लिन नमानेको बताएका हुन्।

आज ट्वीटरमार्फत् कोइरालाले आफू सवारी कर तिर्न गए पनि कर्मचारीले सवारी कर लिन नमानेको उल्लेख गरेका छन्।

उनले भनेका छन्, “सवारी कर तिर्न आज म आफैं गएको थिएँ। कर्मचारीले केन्द्रबाट लकडाउन अवधिको जरिवाना छुट आदिबारे कुनै परिपत्र नआएकाले लिन मिल्दैन भने।”

आफूले अग्रिम करको रूपमा लिन आग्रह गर्दा समेत नमानेको उनले बताएका छन्।

एकातिर सरकार भन्छ ढुकुटी रित्तियो,अर्कोतिर कर तिर्न जाँदा कार्यालयका कर्मचारी लिन मान्दैनन्।सवारी कर तिर्न आज म आफै गएको थिएँ।कर्मचारीले भने केन्द्रवाट लकडाउनको अबधिको जरिवाना छुट आदीवारे कुनै परिपत्र नआएकोले लिन मिल्दैन।मैले अग्रिम करको रुपमा लिन आग्रह गरें,त्यो पनि मिल्दैन भने।

— Dr Shekhar Koirala (@Shekharnc) June 15, 2020

प्रतिक्रिया दिनुहोस्