काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि सरकार असफल भएको बताएको छ।
कांग्रेस केन्द्रीय समितिले गठन गरेको कोभिड-१९ अनुगमन समितिका संयोजक एवं सहमहामन्त्री डा. प्रकाशशरण महतले केन्द्रीय सरकार कोरोनाको रोकथाम तथा नियन्त्रणमा गम्भीर नभएको आरोप लगाए।
महतले सरकारले बजेटमा पानी जहाज रेल्वेको कुरा गर्ने तर कोरोना महामारीबाट नागरिकको जीवन सुरक्षाका लागि बजेट छैन भन्ने अभिव्यक्त दिने गरेको टिप्पणी गरे।
उनले भने, ‘एकातिर सरकारका अर्थमन्त्री जुन अहिलेको प्राथमिकताको विषय होइन त्यहाँ यति अर्ब र त्यति अर्ब छुट्याउँछु भनेर वहाँ प्रस्तुत हुनुहुन्छ संसदमा, बजेट प्रस्तुत गर्नुहुन्छ। अर्कोतर्फ त्यही अर्थमन्त्री के भन्दै हुनुहुन्छ भने अहिले त मलाई यो साधारण खर्च चलाउन पनि पैसा छैन चालु खर्च चलाउन पनि पैसा छैन भनेको मतलब के हो ? उसो भए त्यो विभिन्न शीर्षकमा पैसा राख्न उहाँले कहाँबाट पूँजीको व्यवस्था गर्नुहुन्छ ? ।’
महामारीबाट जीवन बचाउन पहिलो प्राथमिकता र बेरोजगारी समस्या दोस्रो समस्या हुनुपर्नेमा सरकार गलत बाटोतर्फ उन्मुख भएको महतले बताए।
सहमहामन्त्री महतले विदेशमा अप्ठेरोमा परेर स्वदेश फर्कन चाहने नागरिकको अधिकारमाथि पनि सरकारले खेलवाड गरेको भन्दै आलोचना गरे।
कांग्रेसले गठन गरेको कोभिड-१९ अनुगमन समितिले विभिन्न समस्याहरुलाई १४ वटा बुँदामा समेटेर सरकारको ध्यानाकर्षण समेत गराएको छ।
अनुगमन समितिले असुरक्षित क्वारेन्टाइनहरु बन्द गरी सुरक्षित र मापदण्ठ अनुसारका क्वारेन्टाएनहरुको व्यवस्था गर्न ध्यानाकर्षण गराएको छ।
यस्तै आरडीटी परीक्षण बन्द गरी स्वास्थ्य र दक्ष जनशक्तिको उचित व्यवस्थापन गर्दै पीसीआर प्रविधिबाट परीक्षण बढाउन माग गरेको छ। खाद्यान्न र न्यूनतम आम्दानीको अभावबाट गुज्रिरहेका श्रमिकहरू, दैनिक ज्यालादारीमा निर्भर श्रमिकहरू, शहर केन्द्रीत विद्यार्थीहरू, एकल महिला, अपाङ्गता र अशक्त नागरिकहरु, बालबालिका तथा ज्येष्ठ नागरिक सबैको न्यूनतम आवश्यकता पुरा गर्न आर्थिक प्याकेजको व्यवस्था गर्न समेत ध्यानाकर्षण गराएको छ।
विदेशबाट फर्कन चाहने नेपालीलाई विना भेदभाव न्यूनतम भाडा दरमा फर्कने व्यवस्था गर्न, कृषि क्षेत्रमा विउविजन र रायासयनक मलको व्यवस्था गर्न, स्थानीय निकायलाई क्वारेन्टाइनको व्यवस्था गर्न आर्थिक सहयोग गर्न सरकालाई कांग्रेसले ध्यानाकर्षण गराएको छ।
" /> काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि सरकार असफल भएको बताएको छ।कांग्रेस केन्द्रीय समितिले गठन गरेको कोभिड-१९ अनुगमन समितिका संयोजक एवं सहमहामन्त्री डा. प्रकाशशरण महतले केन्द्रीय सरकार कोरोनाको रोकथाम तथा नियन्त्रणमा गम्भीर नभएको आरोप लगाए।

">