कैलाली। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ३३ अर्ब ३८ करोडको बजेट ल्याएको छ।
प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले प्रदेश सभामा ३३ अर्ब ३८ करोड १३ लाख ४८ हजारको बजेट प्रस्तुत गरेका हुन्।
चालूतर्फ १४ अर्ब १८ करोड ७८ लाख र पुँजीगततर्फ १६ अर्ब ७५ करोड ८४ लाख बजेट विनियोजन गरिएको छ।
प्रदेश सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा तीन करोडका दरले ९६ करोड बजेट विनियोजन गरेको छ।
त्यस्तै सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रमा तीन अर्ब बढी बजेट विनियोजन गरेको छ।
बजेट वक्तव्यमार्फत् आर्थिक मामिला तथा योजनामन्त्री बोहराले स्वास्थ्य क्षेत्रमा तीन अर्ब २६ करोड ६६ लाख बजेट विनियोजन गरेको जानकारी दिएका हुन्।
यसैगरी प्रदेश सरकारले सिँचाइका योजनाका लागि एक अर्बभन्दा बढी बजेट विनियोजन गरेको छ।
प्रदेश सभा बैठकमा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री बोहराले आगामी आर्थिक वर्षमा ९ वटै जिल्लाका लागि एक अर्ब ४१ करोड सिँचाइ योजनामा खर्चिने जानकारी दिएका छन्।
सडक निर्माण आयोजनाका लागि समेत सुदूरपश्चिम प्रदेश सरकारले पौने पाँच अर्ब बजेट विनियोजन गरेको छ।
यस्तै आगामी आर्थिक वर्षमा ५२८ किलोमिटर सडक निर्माण गर्न चार अर्ब ७२ करोड बजेट विनियोजन गरिएकाे छ।
प्रदेश सरकारले स्वास्थ्य, कृषि, सडक, खानेपानी, सिँचाइ, ऊर्जा, तटबन्ध आदि पूर्वाधार विकासलाई प्राथमिकता दिएको मन्त्री बोहराले जानकारी दिए।
गत वर्ष प्रदेश सरकारले २८ अर्बको बजेट ल्याएको थियो।
" /> कैलाली। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ३३ अर्ब ३८ करोडको बजेट ल्याएको छ।प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले प्रदेश सभामा ३३ अर्ब ३८ करोड १३ लाख ४८ हजारको बजेट प्रस्तुत गरेका हुन्।

">