कोभिड-१९ को महामारी नियन्त्रणमा आएपछि सबै मुलुकका घरेलु विमान उद्योग कसरी लयमा फर्किने छन् भन्नेमा चीनको यस महत्वाकांक्षी परियोजनाको सफलता-असफलता निर्भर हुने विश्लेषकहरू बताउँछन्।
महामारीका कारण अस्ट्रेलियाको भर्जिन एअरलाइन्स, थाई एअरवेज, कोलम्बिया एभियंकालगायत संसारका हाई प्रोफाइल विमान सेवाहरू संकटमा परेका छन्। हजारौं कर्मचारीको जागिर खोसिएको छ।
महामारी शुरु भएयता संसारभरको हवाई उद्योगमा ८४ अर्ब डलरको नोक्सानी भइसकेको इन्टरनेसनल एअर ट्रान्सपोर्ट एसिसिएसनले बताएको छ।
चाइना मार्केट रिसर्च ग्रुपका संस्थापक सान रेन भने हाइनान द्विपबाट एअरलाइन्स शुरु गर्ने सबैभन्दा उपयुक्त अवसर यही भएको बताउँछन्। उनका अनुसार हाइनानमा सरकारले ड्युटी फ्रि सपिङलाई बढावा दिइरहेको छ। र, क्वारेन्टाइनको नियम पनि लागू गरिएको छैन।

संसारभरका एअरलाइन्स संकटमा, चीन नयाँ विमान सेवा शुरु गर्दै: Dekhapadhi
संसारभरका एअरलाइन्स संकटमा, चीन नयाँ विमान सेवा शुरु गर्दै

बेइजिङ। कोभिड-१९ महामारीका कारण संसारभरका एअरलाइन्स संकटमा रहँदा चीनको दोस्रो ठूलो विमान सेवा कम्पनी भने नयाँ सेवा शुरु गर्दैछ।

चाइना इस्टर्न एअरलाइन्सले अन्य साझेदारसँग मिलेर नयाँ विमान सेवा सञ्‍चालनको तयारीमा छ। साझेदारमध्ये चीनको सबैभन्दा ठूलो अनलाइन ट्राभल एजेन्सी ‘ट्रिप डटकम’ पनि सहभागी छ।

चाइना इस्टर्न एअरलाइन्समा ५१ प्रतिशत सरकारी सेयर छ।

नयाँ विमान कम्पनीको नाम ‘सनाया इन्टरनेसनल एअरलाइन्स’ हुनेछ। यस एअरलाइन्समा सांघाईको ‘जुनेओ एअरलाइन्स’ पनि साझेदार बनेको छ।

हाइनान द्विपबाट उडान गर्ने उद्देश्यले यो एअरलाइन्स स्थापना गरिएको बताइएको छ। करिब ८० लाख जनसंख्या रहेको उक्त द्विप चीनको एक प्रमुख व्यापारिक केन्द्र हो।

कोभिड-१९ को महामारी नियन्त्रणमा आएपछि सबै मुलुकका घरेलु विमान उद्योग कसरी लयमा फर्किने छन् भन्नेमा चीनको यस महत्वाकांक्षी परियोजनाको सफलता-असफलता निर्भर हुने विश्लेषकहरू बताउँछन्।

महामारीका कारण अस्ट्रेलियाको भर्जिन एअरलाइन्स, थाई एअरवेज, कोलम्बिया एभियंकालगायत संसारका हाई प्रोफाइल विमान सेवाहरू संकटमा परेका छन्। हजारौं कर्मचारीको जागिर खोसिएको छ।

महामारी शुरु भएयता संसारभरको हवाई उद्योगमा ८४ अर्ब डलरको नोक्सानी भइसकेको इन्टरनेसनल एअर ट्रान्सपोर्ट एसिसिएसनले बताएको छ।

चाइना मार्केट रिसर्च ग्रुपका संस्थापक सान रेन भने हाइनान द्विपबाट एअरलाइन्स शुरु गर्ने सबैभन्दा उपयुक्त अवसर यही भएको बताउँछन्। उनका अनुसार हाइनानमा सरकारले ड्युटी फ्रि सपिङलाई बढावा दिइरहेको छ। र, क्‍वारेन्टाइनको नियम पनि लागू गरिएको छैन।