दोलखा केन्द्रविन्दु भई भूकम्पको धक्का <p>काठमाडौं। दोलखाको लामाबगर आसपास केन्द्रविन्दु भई भूकम्पको धक्का महशुस भएको छ।</p> <p>आज बिहान ९:५३ बजे ४.१ रेक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्&zwj;ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।</p> <p>दोलखामा गएको भूकम्प गोरखा भूकम्पकै परकम्प भएको केन्द्रका वरिष्&zwj;ठ भूकम्पविद् लोकविजय अधिकारीले बताए। उनका अनुसार २०७२ सालको गोरखा भूकम्प (७.६ रेक्टर स्केल) पछि हालसम्म चार रेक्टर स्केलभन्दा माथिका पाँच सय ४० वटा परकम्प गएका छन्। <em><strong>रासस</strong></em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्