काठमाडाैं। राष्ट्रिय सभाका सांसदहरूले सुदूरपश्चिमको कैलाली जिल्ला, लम्की चुहा नगरपालिकाको शहीद स्मृति माध्यमिक विद्यालयको  क्वारेन्टाइनमा भएको बलात्कारको घटनाको विरोध गर्दै दोषीमाथि कडा कारबाहीकाे माग गरेका छन्।

राष्ट्रिय सभाको आजको बैठकको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की दिलकुमारी रावल थापा (पार्वती) ले विश्वसँगै नेपालसमेतले कोभिड-१९ (कोरोना भाइरस) सँग सामना गरिरहेको विषम परिस्थितिमा कैलालीमा क्वारेन्टाइनमा रहेकी महिलामाथि भएको सामूहिक बलात्कारको घोर निन्दा र भर्त्सना गर्दै दोषीमाथि कडा कारबाही गर्नुपर्ने माग गरिन्।

उनले भने, “महिला संक्रमितको संख्या कम भएकाले महिला स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहित छुट्टै जिल्लागत क्वारेन्टाइनको व्यवस्था गर्न र सुरक्षाको सुनिश्चितता गर्न माग गर्दछु।”

नेकपाकै महेशकुमार महराले बलात्कारमा संलग्न दोषीलाई हदैसम्मको कारबाही गर्नुपर्नेमा जोड दिए।

सोही पार्टीका मायाप्रसाद शर्माले जाजरकोटका वीरबहादुर कामीको रोजगारीको सिलसिलामा मलेसियामा १५ जेठमा मृत्यु भएको बताउँदै मृतकको शव नेपालसम्म ल्याउन सरकारको ध्यनाकर्षण गराए।

नेपाली कांग्रेसका प्रकाश पन्थले देशैभरि क्वारेन्टाइनको अवस्था अत्यन्त कमजोर भएको बताउँदै  कैलालीको क्वारेन्टाइनमा भएको बलात्कार घटना अत्यन्त निन्दनीय भएकाे र दोषीमाथि कडा कारबाही हुनुपर्ने बताए।

उनले मापदण्डविपरीत सञ्चालन गरिएका क्वारेन्टाइन तत्काल व्यवस्थित गर्नुपर्ने मागसमेत गरे। रासस

" /> काठमाडाैं। राष्ट्रिय सभाका सांसदहरूले सुदूरपश्चिमको कैलाली जिल्ला, लम्की चुहा नगरपालिकाको शहीद स्मृति माध्यमिक विद्यालयको  क्वारेन्टाइनमा भएको बलात्कारको घटनाको विरोध गर्दै दोषीमाथि कडा कारबाहीकाे माग गरेका छन्।

राष्ट्रिय सभाको आजको बैठकको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की दिलकुमारी रावल थापा (पार्वती) ले विश्वसँगै नेपालसमेतले कोभिड-१९ (कोरोना भाइरस) सँग सामना गरिरहेको विषम परिस्थितिमा कैलालीमा क्वारेन्टाइनमा रहेकी महिलामाथि भएको सामूहिक बलात्कारको घोर निन्दा र भर्त्सना गर्दै दोषीमाथि कडा कारबाही गर्नुपर्ने माग गरिन्।

उनले भने, “महिला संक्रमितको संख्या कम भएकाले महिला स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहित छुट्टै जिल्लागत क्वारेन्टाइनको व्यवस्था गर्न र सुरक्षाको सुनिश्चितता गर्न माग गर्दछु।”

नेकपाकै महेशकुमार महराले बलात्कारमा संलग्न दोषीलाई हदैसम्मको कारबाही गर्नुपर्नेमा जोड दिए।

सोही पार्टीका मायाप्रसाद शर्माले जाजरकोटका वीरबहादुर कामीको रोजगारीको सिलसिलामा मलेसियामा १५ जेठमा मृत्यु भएको बताउँदै मृतकको शव नेपालसम्म ल्याउन सरकारको ध्यनाकर्षण गराए।

नेपाली कांग्रेसका प्रकाश पन्थले देशैभरि क्वारेन्टाइनको अवस्था अत्यन्त कमजोर भएको बताउँदै  कैलालीको क्वारेन्टाइनमा भएको बलात्कार घटना अत्यन्त निन्दनीय भएकाे र दोषीमाथि कडा कारबाही हुनुपर्ने बताए।

उनले मापदण्डविपरीत सञ्चालन गरिएका क्वारेन्टाइन तत्काल व्यवस्थित गर्नुपर्ने मागसमेत गरे। रासस

"> राष्ट्रिय सभामा सांसदकाे माग : महिलाका लागि छुट्टै क्वारेन्टाइन बनाइयाेस्: Dekhapadhi
राष्ट्रिय सभामा सांसदकाे माग : महिलाका लागि छुट्टै क्वारेन्टाइन बनाइयाेस्
काठमाडाैं। राष्ट्रिय सभाका सांसदहरूले सुदूरपश्चिमको कैलाली जिल्ला, लम्की चुहा नगरपालिकाको शहीद स्मृति माध्यमिक विद्यालयको  क्वारेन्टाइनमा भएको बलात्कारको घटनाको विरोध गर्दै दोषीमाथि कडा कारबाहीकाे माग गरेका छन्।

राष्ट्रिय सभाको आजको बैठकको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की दिलकुमारी रावल थापा (पार्वती) ले विश्वसँगै नेपालसमेतले कोभिड-१९ (कोरोना भाइरस) सँग सामना गरिरहेको विषम परिस्थितिमा कैलालीमा क्वारेन्टाइनमा रहेकी महिलामाथि भएको सामूहिक बलात्कारको घोर निन्दा र भर्त्सना गर्दै दोषीमाथि कडा कारबाही गर्नुपर्ने माग गरिन्।

उनले भने, “महिला संक्रमितको संख्या कम भएकाले महिला स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहित छुट्टै जिल्लागत क्वारेन्टाइनको व्यवस्था गर्न र सुरक्षाको सुनिश्चितता गर्न माग गर्दछु।”

नेकपाकै महेशकुमार महराले बलात्कारमा संलग्न दोषीलाई हदैसम्मको कारबाही गर्नुपर्नेमा जोड दिए।

सोही पार्टीका मायाप्रसाद शर्माले जाजरकोटका वीरबहादुर कामीको रोजगारीको सिलसिलामा मलेसियामा १५ जेठमा मृत्यु भएको बताउँदै मृतकको शव नेपालसम्म ल्याउन सरकारको ध्यनाकर्षण गराए।

नेपाली कांग्रेसका प्रकाश पन्थले देशैभरि क्वारेन्टाइनको अवस्था अत्यन्त कमजोर भएको बताउँदै  कैलालीको क्वारेन्टाइनमा भएको बलात्कार घटना अत्यन्त निन्दनीय भएकाे र दोषीमाथि कडा कारबाही हुनुपर्ने बताए।

उनले मापदण्डविपरीत सञ्चालन गरिएका क्वारेन्टाइन तत्काल व्यवस्थित गर्नुपर्ने मागसमेत गरे। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्