काठमाडौं। राष्ट्रिय जनता पार्टीका राष्ट्रिय सभा सदस्य मृगेन्द्रकुमार सिंह यादवले बजेटको विरोधमा १० सेकेण्ड मौनधारण गरेका छन्।
राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयक २०७७ मा मन्त्रालयगत शीर्षकमाथिको छलफलका क्रममा सांसदहरूलाई पक्षपात गर्ने विनियोजन विधेयकमाथि छलफलमा भाग नलिने भन्दै सिंहले विरोधस्वरूप १० सेकेण्ड मौनधारण गरेका हुन्।
उनले सत्तापक्षका सांसदहरूले नै क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गमा सांसदहरूलाई वर्गीकरण गरिएको बताएको र प्रतिपक्षका सांसदहरू वर्गीकरणमा पनि पर्न नसकेको भन्दै पक्षपात र भेदभावपूर्ण विनियोजन विधेयकको प्रतिकात्मक विरोध स्वरूपमा १० सेकेण्ड मौनधारण गरेको बताएका छन्।
“नेपाल सरकार अर्थात सम्पूर्ण नेपालीको सरकार। सत्तापक्षको मात्रै होइन हामी प्रतिपक्षको पनि सरकार। तर, वर्तमान सरकरको चरित्र आचरण र व्यवहार त्यो अनुरूपमको देखिएन”, उनले भने, “त्यतिकै मात्रै होइन सम्पूर्ण सत्तापक्षको पनि सरकार भन्न पनि नमिल्ने किनकी हिजो मात्रै सत्ता पक्षका सांसदहरूबाट मनको व्यथा पोखियो। सत्तापक्षका सांसदहरूलाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ श्रेणीमा वर्गीकरण गरिएको थाहा पाइयो। हामी प्रतिपक्षलाई त श्रेणीविहीन वर्गमा नै राखिएको होला।”
उनले सरकारबाट प्रस्तुत विनियोजन विधेयक पक्षपात र भेदभावपूर्ण रहेकोमा प्रतिकात्मक विरोधस्वरूप दश सेकेन्ड मौनधारण गर्दै भने, “यो विनियोजन विधेयकको छलफलमा भाग लिन्नँ।”
" /> काठमाडौं। राष्ट्रिय जनता पार्टीका राष्ट्रिय सभा सदस्य मृगेन्द्रकुमार सिंह यादवले बजेटको विरोधमा १० सेकेण्ड मौनधारण गरेका छन्।राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयक २०७७ मा मन्त्रालयगत शीर्षकमाथिको छलफलका क्रममा सांसदहरूलाई पक्षपात गर्ने विनियोजन विधेयकमाथि छलफलमा भाग नलिने भन्दै सिंहले विरोधस्वरूप १० सेकेण्ड मौनधारण गरेका हुन्।

">