काठमाडौं। चौरजहारी ‘हत्याकाण्ड’को अनुसन्धान तथा छानबिनका लागि संसदीय विशेष समिति जाजरकोट पुगेको छ।
नेकपा सांसद देवेन्द्र पौडेल नेतृत्वको संसदीय समिति पीडित परिवारलाई भेट्न जाजरकोट पुगेको हो।
गएको १० जेठमा पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ मा भएको घटनामा जाजरकोटका नबराज बिक, सन्दीप बिक, गणेश बुढा मगर, लोकेन्द्र सुनार, गोविन्द शाही र चौरजहारीका टीकाराम सुनारको ज्यान गएको थियो।
संसदीय टोलीले आज जाजरकोटमा रहेका पीडित परिवारलाई भेटेको छ। टोलीले पीडित परिवार सोतो गाउँका स्थानीय, दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरीलगायतसँग भेट्नेछ। घटनास्थलको अवलोकन समेत गर्नेछ।
यसअघि गृहमन्त्रालयले गठन गरेको समितिले अन्तरजातीय प्रेम सम्बन्धको विषयलाई लिएर वडाध्यक्ष डम्बरबहादुर मल्लकै योजनामा घटना भएको प्रतिवेदन सार्वजनिक गरिसकेको छ।
घटना संलग्न रहेको आरोपमा ३४ जनाविरुद्ध रुकुम जिल्ला अदालतमा मुद्दा दायर भइसककेको छ। आरोपितमध्ये पाँच जना अझैं फरार छन्।
जाजरकोटको भेरी नगरपालिका–४ का २१ वर्षीय नबराज बिक चौरजहारी–८ सोतीकी मल्ल थरकी प्रेमिकालाई बिहे गर्ने भनेर गएको बेला १० जेठ साँझ घटना भएको थियो।
घटनामा नबराजका १२ जना साथी घाइते भएका थिए। नबरासहित बाँकी पाँच जनाको शव विभिन्न मितिमा भेरी नदीमा भेटिएको थियो।
" /> काठमाडौं। चौरजहारी ‘हत्याकाण्ड’को अनुसन्धान तथा छानबिनका लागि संसदीय विशेष समिति जाजरकोट पुगेको छ।नेकपा सांसद देवेन्द्र पौडेल नेतृत्वको संसदीय समिति पीडित परिवारलाई भेट्न जाजरकोट पुगेको हो।

">