काठमाडौं। कोरोना भाइरसले निम्त्याएको महामारीका कारण श्रीलंका र माल्दिभ्समा अलपत्र परेका नेपाली आज स्वदेश फर्किने भएका छन्।
विगत दुई महीनादेखि अलपत्र परेका ती नेपालीलाई लिएर हिमालय एअरलाइन्सको जहाज आज बेलुका ९ बजे काठमाडौं आइपुग्नेछ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार श्रेष्ठले १५४ जना नेपाली बोकेर हिमालय एअरलाइन्सको जहाज बेलुका ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने बताए।
जहाजले माल्दिभ्सको राजधानीबाट १४९ र श्रीलंकाको राजधानी कोलम्बोबाट पाँचजना नेपाली लिएर आउने बताइएको छ।
जहाजले एकै उडानमा ती दुई देशबाट नेपालीको उद्धार गर्ने प्रवक्ता श्रेष्ठले देखापढीलाई जानकारी दिए।
कम्पनीले कोलम्बो र मालेको चार्टर्ड भाडा ३८० अमेरिकी डलर तोकेको छ।
" /> काठमाडौं। कोरोना भाइरसले निम्त्याएको महामारीका कारण श्रीलंका र माल्दिभ्समा अलपत्र परेका नेपाली आज स्वदेश फर्किने भएका छन्।विगत दुई महीनादेखि अलपत्र परेका ती नेपालीलाई लिएर हिमालय एअरलाइन्सको जहाज आज बेलुका ९ बजे काठमाडौं आइपुग्नेछ।

">