सकिब अल हसनलाई दुई वर्षकाे प्रतिबन्ध

काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले बंगलादेशका क्रिकेटर सकिब अल हसनलाई दुई वर्ष प्रतिबन्ध लगाएको छ।

बंगलादेशको टेष्ट र टी–२० क्रिकेटका कप्तान हसनलाई भ्रष्टाचारविरोधी संहिताको उल्लंघन गरेको आरोपमा क्रिकेट गतिविधिमा संलग्न हुन प्रतिबन्ध लगाइएको हो।

सकिबले सट्टेबाजको प्रस्तावबारे जानकारी नदिएर संहिताको उल्लंघन गरेको स्वीकारेका छन्।

आईसीसीको सट्टेबाजीविरुद्धको अभियानमा खेलाडीले प्रमुख भूमिका निर्वाह गर्न सक्ने भए पनि आफूले त्यसो गर्न नसकेको उनले बताए।

यसअघि विभिन्न माग राखी बंगलादेशको क्रिकेट बोर्डका विरुद्ध खेलाडीहरूले आन्दोलन गरेका थिए। त्यसको अगुवाइ हसनले नै गरेका थिए।

प्रतिक्रिया दिनुहोस्