काठमाडौं। भारतको पश्चिम बंगाल प्रान्तीय सरकारले कोरोना भाइरस संक्रमण फैलिने भन्दै मेची भन्सार बन्द गरेपछि नेपाल र बंगलादेशबीचको व्यापार प्रभावित बनेको छ।
पश्चिम बंगाल सरकारले मेची भन्सारलाई २६ चैतदेखि पूर्णरूपमा बन्द गरेको थियो। नाका खुलाउन नेपालले उच्चस्तरीय पहल गरेपछि २६ वैशाखदेखि आयात मात्र गर्न सकिने गरी एकतर्फीरूपमा नाका सञ्चालनमा आएको छ।
एकतर्फीरूपमा मात्र सञ्चालनमा आएको नाकाबाट बंगलादेशबाट नेपाल आउने सामानसमेत आएको छैन। यसका साथै भारतीय पक्षले नेपालबाट हुने निर्यात पूर्णरूपमा बन्द गरेको छ। जसकारण नेपाल र बंगलादेशबीच हुँदै आएको दुईपक्षीय व्यापार शून्यमा झरेको छ।
खासगरी भारतले नेपालको जस्तै बंगलादेशतर्फको भन्सार नाका पनि बन्द गर्दा व्यापार हुन नसकेको हो। नेपालबाट बंगलादेशतर्फ जडीबुटी, प्लाई, ग्लुकोज तथा केही तरकारीसमेत निर्यात हुँदै आएको थियो।
यस्तै बंगलादेशबाट नेपालमा बिस्कुट, मकै, आलु, चोकोबिन, फर्मास्युटिकल्स, न्यापकिन र चकलेट आयात हुँदै आएको थियो। तर, भारतको प्रान्तीय सरकारले आफूखुशी नाका बन्द गरेपछि नेपाल र बंगलादेशबीच हुँदै आएको व्यापार पूर्णरूपमा बन्द भएको हो।
मेची भन्सार प्रमुख धुव्रराज विश्वकर्माले नेपालबाट निर्यात गर्न नपाउँदा बंगलादेशसँगको व्यापार शून्यमा झरेको बताए। उनले नेपालसँगको नाका जस्तै बंगलादेशको नाका पनि भारतले बन्द गर्दा आयातसमेत प्रभावित भएको बताए।
सरकारले लकडाउन घोषणा गरेपछि ११ चैतदेखि नै बंगलादेशसँगको व्यापार टुटेको थियो। विस्तारै व्यापार बढ्नुपर्नेमा भारतको अवरोधपछि व्यापार नै ठप्प भएको विश्वकर्माले बताए।
कति व्यापार हुन्छ बंगलादेशसँग ?
नेपाल र बंगलादेशबीच वार्षिक अर्बौं रूपैयाँ बराबरको व्यापार हुँदै आएको छ। दुई पक्षीय व्यापार भए पनि नेपालले बंगलादेशसँग ठूलो व्यापार घाटा ब्यहोर्दै आएको छ।
चालू आर्थिक वर्षको १० महीने अवधिमा नेपालले बंगलादेशतर्फ ८८ करोड ७५ लाख रूपैयाँको सामान निकासी गरेको छ। नेपालले १३ लाखको अदुवा, झण्डै पाँच करोडको चिराइतो र १३ लाखको कुचो (अम्रिसो) निर्यात गरेको हो। यस्तै १० महीने अवधिमा रियल जुस, प्लाइ उड, मसुरोको दाल निर्यात गरेको मेची भन्सारले बताएको छ।
त्यसैगरी, बंगलादेशबाट चैत सम्मको अवधिमा नेपालतर्फ ४ करोड ७५ लाख रूपैयाँको सामाग्री आयात भएको देखिन्छ।
समग्र निर्यात नै प्रभावित
मेची भन्सार हुँदै नेपालबाट चिया, अलैँची, अदुवा, कुचो, बन्दा (तरकारी), जडीबुटी, ह्याण्डीक्र्याफ्ट र जस्तापाता निर्यात हुन्छ।
तर, अहिले नाका बन्द हुँदा सबै वस्तुको निर्यात रोकिएको छ। मेची भन्सार बन्द भएपछि व्यवसायीहरूले विराटनगर हुँदै सामान निर्यात गर्न लागेका छन्।
भन्सार प्रमुख विश्वकर्माले निकासीका लागि भन्सार जाँचपास गरेर ३० वटा अलैँची र चिया बोकेको गाडी नाकामा छन्।
तर, भारतले निर्यात हुन नदिँदा भन्सार क्लियर गरेर बसेका सबै ट्रक नाकामै रोकिएका छन्। नेपालबाट हुने निर्यात रोके पनि भारतलगायत तेस्रो मुलुकबाट (बंगलादेशबाहेक) आउने सामान भने आइरहेको छ।
भन्सार कार्यालयका अनुसार ग्यासका बुलेट, क्लिङ्कर, जिप्सम, कोइला, टायल, मार्बल, चाइनाबाट आयात भएको सामान पनि आउँदै छ। वैशाखसम्ममा ३४ अर्ब रूपैयाँको सामान आयात भएको भन्सारले जानकारी दिएको छ।
" /> काठमाडौं। भारतको पश्चिम बंगाल प्रान्तीय सरकारले कोरोना भाइरस संक्रमण फैलिने भन्दै मेची भन्सार बन्द गरेपछि नेपाल र बंगलादेशबीचको व्यापार प्रभावित बनेको छ।पश्चिम बंगाल सरकारले मेची भन्सारलाई २६ चैतदेखि पूर्णरूपमा बन्द गरेको थियो। नाका खुलाउन नेपालले उच्चस्तरीय पहल गरेपछि २६ वैशाखदेखि आयात मात्र गर्न सकिने गरी एकतर्फीरूपमा नाका सञ्चालनमा आएको छ।

">