काठमाडौं। पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले भारतसँग सम्बन्ध बिग्रने अवस्था आएमा नेपालको अर्थतन्त्रमा गम्भीर असर पर्नसक्ने टिप्पणी गरेका छन्।
प्रतिनिधि सभाको अर्थसमितिको आजको बैठकमा पूर्वअर्थमन्त्री पाण्डेले भारतीय रूपैयाँ र नेपाली रूपैयाँको विनिमय दरमा परिवर्तन गर्ने विषय भारतमा उठिराखेको र परिवर्तन भए नेपालको अर्थतन्त्रमा असर पर्ने बताए।
उनले नेपालको रूपैयाँ अवमूल्यन हुन सक्ने खतरा बढेको र यसले कोभिड–१९बाट असर परेको अर्थतन्त्रलाई थप कमजोर बनाउन सक्ने बताए।
“नेपाल–भारतको यो बीचको अवस्थामा सम्बन्ध बिग्रने स्थिति रहँदा हाम्रो अहिलेको परिस्थितिले के हुन्छ थाहा छैन। द वार, द प्रिन्ट, द हिन्दुस्तान टाइम्स न्यूजहरू पढ्दा के देखिन्छ भन्दा भयावह खालको नेगेटिभ टिप्पणीहरू नेपालको सन्दर्भमा छ”, पाण्डेले भने।
एक रूपैयाँको एक रूपैयाँ साठी पैसाको कन्भर्सन रेट १९९३ मा तय भएको उनले बताए। झण्डै ३० वर्ष बढी हुँदा नेपालले कुनै रेट फेरबदल नगरेको पाण्डेले बताए।
“कमजोर नेपाली पैसालाई बलियो भारतीय पैसाले १.६० मा जुन कारोबार गर्न दिएका छौं यो एकप्रकारले प्रिभिलेज दिएको हो अब यो गर्नु जरुरी छैन। हामी यो चेन्ज गर्नुपर्छ भन्ने एउटा धारणा यसमा देखिन्छ”, पाण्डेले भने, “पेक्ड होइन अब भारुसँग अनपेक्ड गर्नुपर्छ र त्यो अनपेक्ड हुने वित्तिकै डलरसँग हाम्रो पैसा पनि कमजोर हुन्छ। त्यसैले अहिले हाम्रो करेन्सीले दुवैतर्फ हिट गर्छ।”
यस्तै, अन्तर्राष्ट्रिय बजारमा डलरको माग बढी हुने र डलर बलियो हुँदा नेपाली रूपैयाँ थप कमजोर हुनसक्ने पनि पूर्वअर्थमन्त्री पाण्डेले टिप्पणी गरेका छन्।
“हाम्रो पैसा कमजोर हुने अर्को पनि कारण छ। ग्लोबल क्राइसिसको कारणले के हुन्छ भने धेरैजसो देशहरूले अमेरिकाको डलर बन्ड किनिरहेको हुन्छ। जापान सबैभन्दा धेरै किनेको छ, दोस्रोमा चाइना छ। अरु धेरै देशहरू पनि छन्। हाम्रै पनि छ पौने १२ खर्बको हाम्रो फरेन करेन्सी रिजर्भ छ त्यसलाई हामी डलरमा किन्छौं”, पाण्डेले अघि भने, “त्यसैले अब डलरको डिमान्ड बढेर जान्छ। सबै इकोनोमिलाई पैसा चाहिएको छ। त्यो क्यास माग्ने बित्तिकै सबै डलरको पेमेन्ट उसले गर्न सक्दैन। नसक्ने भइसकेपछि डलरको मूल्य माथि जाने र हरेक देशका करेन्सीहरू तल जान्छन।”
उनले अर्थ मन्त्रालयका अधिकारीहरूले अहिलेसम्म यो विषयमा नहेरेको समेत आरोप लगाए। कुनैपनि बेला भारतले कुनैपनि स्टेप चालेमा नेपाललाई अप्ठेरो पर्नसक्ने उनको चिन्ता छ।
अहिले पनि काँकडभिट्टा नाकाबाट नेपालमा आयात गर्न छुट भएको तर, नेपालबाट निर्यात गर्न बन्देज लगाएको स्थिति रहेकोले अहिले नै भारतले त्यसतर्फ कदम चाल्न सक्ने अनुमान गर्न सकिने पाण्डेले बताए।
" /> काठमाडौं। पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले भारतसँग सम्बन्ध बिग्रने अवस्था आएमा नेपालको अर्थतन्त्रमा गम्भीर असर पर्नसक्ने टिप्पणी गरेका छन्।प्रतिनिधि सभाको अर्थसमितिको आजको बैठकमा पूर्वअर्थमन्त्री पाण्डेले भारतीय रूपैयाँ र नेपाली रूपैयाँको विनिमय दरमा परिवर्तन गर्ने विषय भारतमा उठिराखेको र परिवर्तन भए नेपालको अर्थतन्त्रमा असर पर्ने बताए।

">