काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोगका पदाधिकारीसँग आज छलफल गरेकी छन्।
त्यसअवसरमा मन्त्री अर्यालले निश्चिन्त भएर काम गर्न निर्देशन दिइन्। काम गर्ने क्रममा खुट्टा नकमाउन आग्रह गर्दै मन्त्री अर्यालले निश्चिन्त भएर काम गर्न आग्रह गरिन्।
“बरु बढी समय लिनुस् तर प्रतिवेदन पूर्ण बनाएर दिनुस्। पूर्ण भएन भने मन्त्रालयले एक्सन लिन सक्दैन”, मन्त्री अर्यालले भनिन्। आयोगले नै सबै काम, प्रकृया पुर्याएर मन्त्रालयलाई हस्तान्तरण गरेपछि मन्त्रालय एक्सनमा जाने उनले बताइन्।
मन्त्री अर्यालले नयाँ निवेदन लिने कार्यका लागि व्यवस्थित रूपमा एकद्वार प्रणाली लागू गरेर काम गर्न आग्रह गरिन्। अगाडि बढेका काम टुंगो लगाउँदै जान मन्त्री अर्यालको निर्देशन थियो ।
“अनुचित मान्छेलाई व्यवहारले नै पन्छाउने हो। अन्य मान्छेमार्फत प्रयत्न गर्छन् त्यसलाई मेरो त्यो अजेण्डा नै होइन भनेपछि छलफल नै चल्दैन। यसो गर्दा नै घेराबन्दीबाट मुक्त हुन सकिने रहेछ”, उनले भनिन्।
आयोग पनि धेरै घेराबन्दी हुने आयोगहरूमध्ये भएको भन्दै उनले विगतमा इन्ट्रेष्ट राखेर नै गलत काम गरिएका कारण सरकार त्यसलाई फर्काउन लागिरहेको मन्त्री अर्यालले बताइन्।
" /> काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोगका पदाधिकारीसँग आज छलफल गरेकी छन्।त्यसअवसरमा मन्त्री अर्यालले निश्चिन्त भएर काम गर्न निर्देशन दिइन्। काम गर्ने क्रममा खुट्टा नकमाउन आग्रह गर्दै मन्त्री अर्यालले निश्चिन्त भएर काम गर्न आग्रह गरिन्।

">