सरकारले खारेज गर्यो डेडिकेटेड र ट्रंक लाइनको व्यवस्था
<p>काठमाडौं। सरकारले १ असारदेखि लागू हुने गरी डेडिकेटेड र ट्रंकलाइनको व्यवस्था खारेज गरेको छ। विद्युत नियम आयोगको सोमबार बसेको पूर्ण बैठकले यसअघि उद्योगीलाई दिइँदै आएको डेडिकेटेड र ट्रंक लाइनको व्यवस्था खारेज गरेको हो।</p>
<p>नेपालमा लोडसेडिङ हटिसकेको अवस्थामा पनि विवादित डेडिकेटेड र ट्रंक लाइनको व्यवस्था कायम थियो। यो व्यवस्था खारेज गर्न उद्योगी व्यवसायीले माग गर्दै आएका थिए।</p>
<p>आयोगले नयाँ विद्युत महशुल दर सार्वजनिक गरेको छ। विद्युत प्राधिकरणको प्रस्तावका आधारमा आयोगले नयाँ महशुल दर सार्वजनिक गरेको हो।</p>
<p>करिब १० प्रतिशत महशुल घटेको बताइएको छ। जसअनुसार १० युनिटसम्म विद्युत खपत गर्ने साना ग्राहकले ३० रुपैयाँ भुक्तानी गरे हुनेछ।</p>
प्रतिक्रिया दिनुहोस्