काठमाडौं। राष्ट्रिय सभाको शून्य समयमा बोल्ने सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
क्वारेन्टाइन व्यवस्थापनदेखि विदेशमा रहेका नेपालीहरूको उद्धार निःशूल्क गर्न उनीहरूको जोड छ।
सांसद रामनारायण विडारीले स्वदेशमा रोजगारी नपाएपछि विदेश गएका उर्जावान युवाहरू महामारीका कारण घर फर्किन चाहेपनि भाडा तिर्ने पैसा नभएकाले फर्किन नपाएको तर्फ सरकारको ध्यानाकर्षण गराए।
उनले भने, ‘‘राम्रा-राम्रा र बलिया-बलिया युवाहरू रोजगारीका लागि विदेशमा छन्। उनीहरू अहिले विदेशमा अलपत्र छन् रोग र भोकले ग्रस्त छन्। स्वदेश आउन आतुर छन् तर रकम छैन् अभाव छ। भाडा तिर्ने पैसा छैन् शरीरपनि जीर्ण भएको छ । नेपालमा काम नदिएको कारणले धकेली धकेली यसपाली विदेश कति पठाउने भन्दै प्रतिस्पर्धा गर भन्दै पठाउँदै गरिएको भएर उहाँ अहिले अलपत्र परियो भन्छन् । तिनीहरूलाई कसरी ल्याउने ? पैसा नभएको मान्छे पनि त नेपाली हो र यहाँ आउनुपर्यो नी ।’’
सांसद विमला घिमिरेले मकवानपुरको हेटौंडामा एक महिलाको ढुंगाले हानेर हत्या गरिएको घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कारवाही गर्न माग गरिन्।
सांसद शारदादेवी भट्टले महिलाहरू बाहिरको क्वारेन्टाइनमा असुरक्षित रहेकाले आवश्यक सुरक्षा व्यवस्था मिलाएर होम क्वारेन्टाइनमा राख्न कैलाली घटनाका दोषिलाई कडा कारवाही गर्न माग गरिन्।
सांसद विमला राई पौडेलले स्थानीय तहमा निर्माण भएका क्वारेन्टाइनहरुको अवस्था दुःख लाग्दो भएको बताइन्।
सांसद शेरबहादुर कुँवरले सुदूरपश्चिम प्रदेशमा भारतबाट ९० हजार बढी नागरिकहरू आएको र अहिले प्रत्येक जिल्लामा १० हजारभन्दा बढी व्यक्तिहरू क्वारेन्टाइनमा रहेको बताए।
हजारौँको संख्यामा क्वारेन्टाइनमा रहेका व्यक्तिको परीक्षण हुन नसकेको आरडीटी पोजिटिभ देखिएका व्यक्तिहरूको पीसीआर परीक्षण ढिलाइ भएको उनको भनाइ थियो।
सांसद सुमनराज प्याकुरेलले सम्भु सदाको थुनामा मृत्यु भएको घटनाको छानविन अगाडी बढ्न नसकेको प्रति ध्यानाकर्षण गराए।
" /> काठमाडौं। राष्ट्रिय सभाको शून्य समयमा बोल्ने सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।क्वारेन्टाइन व्यवस्थापनदेखि विदेशमा रहेका नेपालीहरूको उद्धार निःशूल्क गर्न उनीहरूको जोड छ।

">