काठमाडौं। बैंकिङ कसूरमा सजाय पाएर कैद भुक्तान गरेका योगेन्द्र श्रेष्ठमाथि सम्पत्ति शुद्धीकरणको अभियोगमा अदालतमा मुद्दा दर्ता भएको छ।
नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स कम्पनीका तत्कालीन कार्यकारी अध्यक्ष श्रेष्ठ सोही संस्थामार्फत निक्षेपकर्ताको रकम र कर्जा अपचलन गरेपछि बैंकिङ कसूरमा सजाय पाएका थिए।
श्रेष्ठलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले एक अर्ब ७१ करोड ६३ लाख रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दर्ता गरेकाे छ।
विभागका कर्मचारी हिजो, २ असारमा नै मुद्दा दर्ता गर्नको लागि विशेष अदालत पुगेको भए पनि फाइल अध्ययन गर्न समय नपुगेको भन्दै अदालतले आज मुद्दा दर्ताको लागि आउन भनेको थियो।
श्रेष्ठ नेपालको बैंकिङ इतिहासमा नै सबैभन्दा ठूलो रकम घोटाला गर्नेमध्येमा पर्छन्।
नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स कम्पनीबाट एक अर्ब ९६ करोड पाँच लाख ४७ हजार रुपैयाँ ऋण श्रेष्ठले दुरुपयोग गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र नेपाल राष्ट्र बैंकको अनुसन्धानबाट खुलेको थियो।
" /> काठमाडौं। बैंकिङ कसूरमा सजाय पाएर कैद भुक्तान गरेका योगेन्द्र श्रेष्ठमाथि सम्पत्ति शुद्धीकरणको अभियोगमा अदालतमा मुद्दा दर्ता भएको छ।श्रेष्ठलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले एक अर्ब ७१ करोड ६३ लाख रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दर्ता गरेकाे छ।

">