काठमाडौं। प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विदेशबाट फर्किएका र नेपालमा रोजगारी गुमाएकालाई रोजगारी उपलब्ध गराउने विषयमा छलफल शुरू गरेको छ। समितिको आजको छलफलमा सांसदहरूले देशभित्रै पनि बेरोजगारी बढ्ने र विदेशबाट आउने २५ प्रतिशत व्यक्तिहरू फेरि वैदेशिक रोजगारीमा नजाने सम्भावना बढेकाले रोजगारी व्यवस्थापनामा चुनौती बढेको बताएका छन्।
वैदेशिक रोजगारी बाट फर्केका युवाहरू पनि शहर केन्द्रित भएमा उत्पादन नबढ्ने र उपभोग बढ्ने हुँदा देशको अर्थतन्त्रमा नकारात्मक असर पर्नेतर्फ अहिले नै ध्यान दिनुपर्ने सांसदहरूको मत छ। युवाहरूलाई कृषि उत्पादनतर्फ आकर्षित गर्न सबै क्षेत्रमा न्यूनतम सुविधा पुर्याउनेतर्फ सरकारको ध्यान जाुनपर्नेमा सांसदहरूले जोड दिएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद सोमप्रसाद पाण्डेले वैदेशिक रोजगारबाट फर्केका २५ प्रतिशत व्यक्तिहरू फेरि वैदेशिक रोजगारीमा नफर्कने सम्भावना रहेको र यसले देशभित्र रोजगारीको व्यवस्थापनमा चुनौती बढाउने बताए।
नेपाली कांग्रेसका सांसद भिमसेनदास प्रधानले वैदेशिक रोजगारीबाट फर्केका युवाहरू शहर केन्द्रित हुने सम्भावना रहेको बताए। गाउँमा शिक्षा, स्वास्थ्य लगायतका सुविधा राम्रो नहुँदा शहर केन्द्रित हुने र यसले उत्पादन नबढ्ने भएकाले त्यसतर्फ समेत ध्यान दिनुपर्ने उनले बताए।
बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव बाबुराम अधिकारीले देशभित्रै पनि ठूलो संख्यामा बेरोजगारी बढ्ने र विदेशबाट समेत फर्कनेहरूलाई रोजगारी उपलब्ध गराउने विषयमा चुनौती बढेको बताए। वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले कसैले पनि ‘बिजनेस’ नखोज्ने हो भने विदेशमा समस्यामा परेका नेपालीलाई सित्तैमा स्वदेश ल्याउन सकिने बताए।
उनले नेपालबाट श्रम स्वीकृति लिएर गएका नेपालीलाई नेपालको एअरपोर्टसम्म ल्याउने जिम्मेवारी सम्बन्धित देश र कम्पनीको भएकोले भाडादर तोक्ने, अदालतको आदेश आउने विषय कहाँबाट आयो आफूले थाहा पाउन नसकेको बताए।
" /> काठमाडौं। प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विदेशबाट फर्किएका र नेपालमा रोजगारी गुमाएकालाई रोजगारी उपलब्ध गराउने विषयमा छलफल शुरू गरेको छ। समितिको आजको छलफलमा सांसदहरूले देशभित्रै पनि बेरोजगारी बढ्ने र विदेशबाट आउने २५ प्रतिशत व्यक्तिहरू फेरि वैदेशिक रोजगारीमा नजाने सम्भावना बढेकाले रोजगारी व्यवस्थापनामा चुनौती बढेको बताएका छन्।वैदेशिक रोजगारी बाट फर्केका युवाहरू पनि शहर केन्द्रित भएमा उत्पादन नबढ्ने र उपभोग बढ्ने हुँदा देशको अर्थतन्त्रमा नकारात्मक असर पर्नेतर्फ अहिले नै ध्यान दिनुपर्ने सांसदहरूको मत छ। युवाहरूलाई कृषि उत्पादनतर्फ आकर्षित गर्न सबै क्षेत्रमा न्यूनतम सुविधा पुर्याउनेतर्फ सरकारको ध्यान जाुनपर्नेमा सांसदहरूले जोड दिएका छन्।

">