काठमाडौं। लकडाउनको अवधिमा पनि बैंक तथा वित्तीय संस्थामा रकम निक्षेप गर्नेहरूको संख्या खासै नघटेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको दश महीनामा बैंक तथा वित्तीय संस्थामा निक्षेप ११ प्रतिशतले बढेको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ११.७ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०७७ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १७.३ प्रतिशतले बढेको छ। गत वैशाख महीनाभर लकडाउन भएको थियो भने बैंक तथा वित्तीय संस्थाका कार्यालयहरू आंशिक रूपमा मात्रै खुलेका थिए।
तर, वैशाखमा नै बैंक तथा वित्तीय संस्थामा १७.३ प्रतिशतले निक्षेप बढेको छ। यो वर्ष वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको कूल निक्षेपमध्ये चल्ती खातामा ८.६ प्रतिशत, बचतमा ३२.६ प्रतिशत र मुद्दती निक्षेपमा ४८.६ प्रतिशत हिस्सा रहेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ।
अघिल्लो वर्षको वैशाखमा यस्तो यस्तो अंश क्रमशः ८.७ प्रतिशत, ३२.८ प्रतिशत र ४७.८ प्रतिशत रहेको थियो। २०७७ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाको कूल निक्षेपमा संस्थागत निक्षेपको अंश ४४.३ प्रतिशत रहेको छ। २०७६ वैशाख मसान्तमा यस्तो निक्षेपको अंश ४५.७ प्रतिशत रहेको थियो। देशमा लकडाउन हुँदा र नहुँदा बैंक तथा वित्तीय संस्थामा भएको निक्षेपमा खासै फरक नपरेको राष्ट्र बैंकको तथ्यांकले पुष्टि गरेको छ।
निजी क्षेत्रमा बैंकको लगानी ११ प्रतिशतले बढ्यो
चालू आर्थिक वर्षको १० महीनामा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ११.१ प्रतिशतले बढेको छ। केन्द्रीय बैंकको तथ्यांक अनुसार, अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १७.१ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०७७ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा १३.२ प्रतिशतले ऋण लगानी बढेको छ।
लकडाउनको अवधिमा पनि बैंकहरू लगानी बढाउन सफल भएका छन्। बैंक तथा वित्तीय संस्थाको वैशाख मसान्तमा लगानीमा रहेको कर्जामध्ये ६५.४ प्रतिशत घरजग्गाको धितोमा र १३.२ प्रतिशत चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ। २०७६ वैशाख मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६४.२ प्रतिशत र १३.८ प्रतिशत रहेको थियो।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको कृषि क्षेत्रतर्फ १३.९ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फ १२.१ प्रतिशत, निर्माण क्षेत्रतर्फ १२ प्रतिशत, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फ १५.१ प्रतिशत र सेवा क्षेत्रतर्फ १८.५ प्रतिशतले कर्जा बढेको छ।
चालू आर्थिक वर्षको १० महीनमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित आवधिक कर्जा २५ प्रतिशत, ओभरड्राफ्ट कर्जा ५.७ प्रतिशत, ट्रष्ट रिसिट (आयात) कर्जा १९.२ प्रतिशत, डिमान्ड तथा चालु पूँजी कर्जा ११.५ प्रतिशत, रियल इस्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ८.१ प्रतिशत, मार्जिन प्रकृतिको कर्जा ४.३ प्रतिशतले बढेको छ भने हायर पर्चेज कर्जा ०.४ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांक छ।
" /> काठमाडौं। लकडाउनको अवधिमा पनि बैंक तथा वित्तीय संस्थामा रकम निक्षेप गर्नेहरूको संख्या खासै नघटेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको दश महीनामा बैंक तथा वित्तीय संस्थामा निक्षेप ११ प्रतिशतले बढेको छ।अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ११.७ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०७७ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १७.३ प्रतिशतले बढेको छ। गत वैशाख महीनाभर लकडाउन भएको थियो भने बैंक तथा वित्तीय संस्थाका कार्यालयहरू आंशिक रूपमा मात्रै खुलेका थिए।

">